हिमालयन आर्ट फेस्टिभलमा ८० कलाकारका सिर्जना
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभलको आज अन्तिम दिन हो । आर्ट फेस्टिभल सात दिनसम्म चलेको थियो । फेस्टिभलमा ८० भन्दा बढी कलाकारको १ सय भन्दा बढी सिर्जना राखिएको थियो ।
पछिल्ला चार महिनामा मुलुकमा बोक्सी, छाउपडी, छुवाछूत, दाइजो, विधवा र बली प्रथालगायत ३४ वटा कुरीतिजन्य घटना भए । मानववादी समाज (सोच) नेपालले चार महिनाको अध्ययनपछि बोक्सी प्रथाका सात, बालविवाहका चार, छाउपडी एक, छुवाछूतका तीन, दाइजोका चार, विधवा प्रथाका दुई, बली प्रथाको एक, धामीझाँक्रीका पाँच, हलियाका पाँच, कुमारी प्रथाको एक गरी ३४ घटना सार्वजनिक गरेको हो । ती घटना दाङ, खोटाङ, दोलखा, पाल्पा, पर्वत, महोत्तरी बाँकेलगायतका जिल्लामा घटेका थिए ।
अहिलेको वैज्ञानिक युगमा पनि रीतिरिवाज एवं धर्म, संस्कृतिका नाममा मानिसमाथि हुने अमानवीय घटनालाई न्यूनीकरण गर्न र हरेक व्यक्तिलाई आत्मसम्मानका साथ बाँच्न पाउने वातावरण सिर्जना गर्ने सोचले कुरीतिजन्य हिंसाका बारेमा यो अध्ययन गरिएको बताइएको छ ।