श्रमिक मेलोनी बनिन् शक्तिशाली
इटालीमा पछिल्लो निर्वाचनमा चरम–दक्षिणपन्थी दलहरूको गठबन्धनले आश्चर्यजनक विजय हासिल गरेपछि त्यहाँकी ४५ वर्षीया महिला नेतृ जोर्जिया मेलोनी चर्चाको शिखरमा छिन् ।
गत जनवरी ३ देखि ९ तारिखसम्म रसियामा आयोजित प्रतिभावान् बाल प्रतिभा छनौट तथा मूल्याङ्कन गर्ने उद्देश्यमा केन्द्रित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘प्रिन्स एन्ड प्रिन्सेस अफ दि युनिभर्स २०१७’ मा नेपालकी रक्षा थापाले टिन विधा अन्तर्गतको मुख्य उपाधि ‘योङ प्रिन्सेस अफ दि युनिभर्स २०१७’ मा सफलता प्राप्त भएको छ ।
सेन्ट मेरिज् स्कूलमा कक्षा ११ मा अध्ययनरत १६ वर्षीया रक्षाले प्रतियोगिताको ट्यालेन्ट राउन्डमा ‘मेरो डुर्लुङ्ग गाउा’ र ‘नेपाली छोरी हुा म’ बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् । उक्त प्रतियोगितामा विश्वका विभिन्न मुलुकका ३१ जना बालिका सहभागी थिए । प्रतियोगितामा रक्षाको सहभागितालाई नेपालस्थित आधिकारिक संस्था हाउस अफ इभेन्टस्ले संयोजन एवं व्यवथापन गरेको थियो । प्रतियोगिताको ग्राण्ड फिनाले रसियास्थित मस्को होटल कोरस्टोनमा गत जनवरी ८ मा सम्पन्न भएको थियो ।