‘नेपालीहरूमा खानपानको शैली बदलिएको छ’
पछिल्लो समय इन्टरनेसनल एक्सपोजर र व्यस्तताले नेपालीहरूको खानपान शैली र सोच बदलिएको छ । बाहिर गएर खाने, ह्याङआउट गर्ने, नयाँ–नयाँ स्वादका फुड टेस्टिङ गर्ने ट्रेन्ड बढेको छ ।
गत जनवरी ३ देखि ९ तारिखसम्म रसियामा आयोजित प्रतिभावान् बाल प्रतिभा छनौट तथा मूल्याङ्कन गर्ने उद्देश्यमा केन्द्रित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘प्रिन्स एन्ड प्रिन्सेस अफ दि युनिभर्स २०१७’ मा नेपालकी रक्षा थापाले टिन विधा अन्तर्गतको मुख्य उपाधि ‘योङ प्रिन्सेस अफ दि युनिभर्स २०१७’ मा सफलता प्राप्त भएको छ ।
सेन्ट मेरिज् स्कूलमा कक्षा ११ मा अध्ययनरत १६ वर्षीया रक्षाले प्रतियोगिताको ट्यालेन्ट राउन्डमा ‘मेरो डुर्लुङ्ग गाउा’ र ‘नेपाली छोरी हुा म’ बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् । उक्त प्रतियोगितामा विश्वका विभिन्न मुलुकका ३१ जना बालिका सहभागी थिए । प्रतियोगितामा रक्षाको सहभागितालाई नेपालस्थित आधिकारिक संस्था हाउस अफ इभेन्टस्ले संयोजन एवं व्यवथापन गरेको थियो । प्रतियोगिताको ग्राण्ड फिनाले रसियास्थित मस्को होटल कोरस्टोनमा गत जनवरी ८ मा सम्पन्न भएको थियो ।