Successfully Copied

कम हेरचाहमा बढी सजावट

इन्टेरियरलाई सुन्दर बनाउन पानी कम लाग्ने क्याक्टसलाई प्राथमिकतामा राख्नुपर्छ । यसमा सुन्दर, वासनादार तथा रंगीन फूल पनि फुल्छ ।

इन्टेरियरलाई सुन्दर बनाउन पानी कम लाग्ने क्याक्टसलाई प्राथमिकतामा राख्नुपर्छ । यसमा सुन्दर, वासनादार तथा रंगीन फूल पनि फुल्छ । क्याक्टसलाई बीउबाट अथवा हाँगा काटेर पनि रोप्न सकिन्छ । इन्डोर प्लान्टलाई घरभित्र राख्दा यसको उचाइ तथा बिरुवा राखिएको ठाउँको तालमेल मिल्नुपर्छ । बिरुवाको टेक्चरको बनावट, आकार, मोटाइ, पातको आकार तथा संख्या यसमा सामेल हुन्छ । बागवानी विशेषज्ञहरूका अनुसार इन्टेरियरलाई ध्यानमा राखेर बिरुवा छनोट गर्नुपर्छ । 

बेडरुमको ड्रेसिङ टेबल, ड्रेसर तथा बेडसाइडमा इन्डोर प्लान्ट राख्न सकिन्छ । कोठाको आकारअनुसार बिरुवा चयन गर्नुपर्छ । अर्नामेन्टल बिरुवा भान्साको झ्यालमा राख्न सकिन्छ । समय–समयमा त्यसको पातलाई सलादमा पनि प्रयोग गर्न सकिन्छ । स्पाइडर तथा कंगारू प्लान्ट यस्तै प्रकारका प्लान्ट हुन् । यसलाई भान्सामा पनि राख्न सकिन्छ । 

सुन्दरता बढाउने इन्डोर प्लान्ट विविध प्रकारका क्रोटोनहरू मिलाएर माटोलाई गार्डन डिस ट्रेमा सेट गर्न सकिन्छ । गार्डन डिस ट्रेलाई ऐनाको अगाडि पनि राख्ने तथा ठूला बिरुवालाई काटेर साना बिरुवाको ट्रे सजाए राम्रो हुन्छ । विपिङ फिग्स एउटा त्यस्तो बिरुवा हो जसलाई बैठक कोठाको कुनै पनि कुनामा राख्न सकिन्छ । बिरुवा घरको भित्री भागको सामान्य तापक्रममा उपयुक्त हुन्छ । घरमा इन्डोर प्लान्ट राख्दा घरको रंगमा परिवर्तन ल्याउनु पर्दैन । युकास नामक इन्डोर प्लान्टलाई घरको कुनै पनि कुनामा राख्न सकिन्छ भने साना तथा ठूला आकारका युकासलाई गमलामा रोप्न सकिन्छ ।

फाइदा 

इन्डोर प्लान्ट लगाउँदा मनोवैज्ञानिक तथा शारीरिक लाभ पनि हुन्छ । जुन ठाउँमा यस्ता बिरुवा हुन्छन् त्यो ठाउँमा २० प्रतिशत धूलो कम हुन्छ । त्यसैगरी बिरुवाले ध्वनिलाई पनि शोषण गर्छ । यसले घरको वातावरणलाई ध्वनि प्रदूषणबाट जोगाउँछ । 

सुझाव 

  • कोठाको आकारअनुसार बिरुवा चयन गर्नुपर्छ । 
  • बिरुवाको ब्याकग्राउन्ड तथा पछाडिको भित्ता बिरुवाका लागि महत्त्वपूर्ण हुन्छ । 
  • लामो बिरुवा कोठामा पस्नेबित्तिकै देखिने ठाउँमा हुनुपर्छ । 
  • कोठामा इन्डोर प्लान्ट राख्दा त्यसको अघि राखिएको सामानको लम्बाइ, चौडाइ तथा उचाइमा पनि ध्यान दिनुपर्छ । 
  • यसलाई कीरा तथा कमिलाबाट पनि जोगाउनुपर्छ । 
  • जुन गमलामा क्याक्टस रोपिएको छ त्यो गमलाको माटो खुकुलो हुुनुपर्छ । क्याक्टसमा धेरै पानी हाल्नु हुँदैन । डिजाइनर बाथरुम बनाउँदा बिरुवा राख्ने ठाउँ विशेष रूपले बनाउनुपर्छ । 
  • बाथरुममा राखिएको बिरुवालाई नियमित धुनुपर्छ । पातलाई टेलकम पाउडर तथा हेयर स्प्रेबाट जोगाउनुपर्छ । 
  • बिरुवालाई बाथरुमको चिसोपनबाट बचाउनुपर्छ । त्यहाँ चिसोमा बचाउन सक्ने खालका बिरुवा छनोट गर्नुपर्छ । 
  • पाम तथा ब्याम्बु प्लान्टलाई जहाँ पनि राख्न सकिन्छ । ऐनाको अगाडि पाम राख्दा कोठाको सुन्दरता बढ्छ । 
  • विभिन्न प्रकारका फर्नलाई सेरामिकको रंगीचंगी गमलामा रोप्नुपर्छ । यो बिरुवाले पर्दाको पनि काम गर्छ । फर्नलाई बाथरुमको झ्यालमा पंक्तिबद्ध गरी रोप्दा सुन्दर देखिन्छ । 
  • इन्डोर प्लान्टलाई रुम हिटरबाट टाढा राख्नुपर्छ । यसले बिरुवाको नरमपन कम गर्छ । कोठाको बिरुवालाई समय–समयमा स्पन्जले सफा गर्नुपर्छ । 
  • पानीलाई हलुका स्प्रे गर्नुपर्छ । फरयुक्त बिरुवामा स्प्रे गर्नु हँुदैन । 
  • कोठालाई कलात्मक बनाउन बत्तीको प्रयोग बिरुवामा गर्दा यसको लुकलाई आकर्षक बनाउनुपर्छ । यसलाई कलात्मक वस्तुका साथ सजाउन सकिन्छ । 

 Image