समाजसेवी यमु
काठमाडौंस्थित बागबजारमा जन्मिएकी यमु सुब्बा समाजसेवामा रुचि राख्छिन् । अमेरिकामा बालबालिकाको मानसिक र शारीरिक विकाससम्बन्धी कार्यक्रममा उनले धेरै काम गरिन् ।
रत्नराज्य कलेजबाट पत्रकारितामा स्नातक तह पूरा गरेर दक्षिण कोरिया पुगेकी एलिसा सिंह मोडलिङको रहर पनि पूरा गर्दैछिन् । एलिसाले कोरियामा बसेर दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । उनले केही म्युजिक भिडियोको निर्देशन पनि गरेकी छिन् । अञ्जु पन्त, प्रमोद खरेल, रजिना रिमाल, स्वरूपराज आचार्य, राजेशपायल राई आदिका गीतमा मोडलिङ गरिसकेकी एलिसा बिदामा नेपाल आउँदा म्युजिक भिडियोकै काममा सक्रिय हुन्छिन् ।