Successfully Copied

ब्राइडल हेयर स्टाइल

नेपाली दुलहीहरूका लागि जुरोकै फरक–फरक हेयर स्टाइल उपयुक्त हुन्छ । धेरैजसो हेयर स्टाइलिस्टहरू विवाह गर्नुअघि हेयर स्पा गराउनुपर्छ भन्छन् तर यो जरुरी हुँदैन ।

नेपाली दुलहीहरूका लागि जुरोकै फरक–फरक हेयर स्टाइल उपयुक्त हुन्छ । धेरैजसो हेयर स्टाइलिस्टहरू विवाह गर्नुअघि हेयर स्पा गराउनुपर्छ भन्छन् तर यो जरुरी हुँदैन । यद्यपि केशको स्याहार–सुसार भने पहिलेभन्दा बढी गर्नुपर्छ । विवाहको निधो भएपछि ४–५ महिनासम्म भरसक केश काट्नु हुँदैन । केशका हाँगाहरू काट्ने, हेयर कलर लगाउने काम गरे पनि मेहन्दी, अमला, रिठ्ठा आदि लगाउनुहुँदैन ।

हेयर ट्रिम गर्ने, हेल्दी गर्ने तर स्टाइलिङ भने नदिने । जसले गर्दा विवाहका बेला दुलहीलाई पहिरन एवं मेकअपअनुरूप हेयर स्टाइलिङ गरी आकर्षक बनाउन सकिन्छ । हरेक हेयर ड्रेसरले दुलहीको रुचि, व्यक्तित्व, कार्यक्रम, पहिरन, एसेसरिज, ज्वेलरी आदिलाई ध्यानमा राखेर हेयर स्टाइल बनाउनुपर्छ ।

अहिलेका ब्राइडलहरू टिपिकलभन्दा फ्रेस, एलिगेन्ट एवं पर्सनालिटीयुक्त देखिन चाहन्छन् । त्यसैले ब्राइडलहरूको व्यक्तित्वमा निखार ल्याउन ड्रेसअनुसार हेयर स्टाइल आवश्यक हुन्छ । हेयर स्टाइलका लागि दुलहीको ब्लाउजको डिजाइन पहिले नै थाहा पाउनुपर्छ । ब्लाउज हाइनेक, ओपन के छ त्यहीअनुसार हेयर स्टाइल गर्नुपर्छ । धेरै खोलिएको ब्लाउजमा केशले छोप्ने स्टाइल गर्ने र लुगाले ढाकिने ब्लाउजमा माथिसम्म पर्ने गरी जुरो बनाउने । दुलही हुँदा हरेक व्यक्ति फरक देखिन चाहने भएकाले कुन हेयर स्टाइलले आफूलाई सुन्दर देखाउँछ बुझेर काम गर्दा अझ राम्रो देखिन्छ ।

सानो अनुहार भएका दुलहीका लागि अलिकति फेस ओपन देखिने गरी हेयर स्टाइल बनाउनुपर्छ । त्यसैगरी ठूलो फेस भएका दुलहीका लागि पहिले अलिकति कटिङ गरेर केश मिलाउनुपर्छ । थोरै केश अगाडि ल्याएर ब्यालेन्स गर्नुपर्छ । लामो अनुहारलाई साइडमा भोल्युम दिएर, एउटा केश छोडेर भोल्युम देखाउनुपर्छ । फ्ल्याट हेयर बनाइयो भने अझ आउट अफ ब्यालेन्स देखिन्छ । 

अहिले दुलहीहरूले इन्डो वेस्टर्न हेयर स्टाइल मन पराउँछन् । नेपाली दुलहीहरूले मुख्यत: साडी तथा लेहेंगा लगाउने र त्यस्तै हेभी गहनाहरू हुने भएकाले दुलहीका लागि फरक–फरक जुरो नै उपयुक्त हुन्छ । दुलहीहरू घुम्टी लगाएर, हेभी लुगा, गहना र आगोका साथमा धेरै समय बस्नुपर्ने भएकाले घुम्टी स्टान्ड जरुरी हुन्छ । हेयर बनाएर घुम्टी स्टान्ड लगाई माथिबाट घुम्टी लगाउँदा टक्क बस्छ र आकर्षक देखिन्छ । घुम्टी स्टान्ड अर्थात् क्राउन रातो रंगको भेल्भेटको उत्तम हुन्छ । अहिले कन्टेम्पोररी, वेस्टर्नसँग मिल्ने फ्युजन स्टाइल जसमा सिन्दूर राख्न मिल्ने अप टु स्टाइलको जुरो बढी रुचाइन्छ । 

इसाई दुलहीले सेता पहिरन र कम ज्वेलरी लगाउने हुँदा नेचुरल मेकअप र हेयर स्टाइलले आकर्षक देखाउँछ । शरीर पूरै ढाकिने पहिरन नभएकाले हाफ हेयर छोडेर अपडु पनि गरे हुन्छ । इसाई ब्राइडल गाउनका लागि हेयर स्टाइलमा जुरोबाहेक, हेयर कर्ल, पोनी अप, क्लासिक अप डो, कर्ली मेसी स्टाइल, सिम्पल ट्विस बन, पिन वेभी हेयर बन, अपसाइड बन, कर्ल पोनी विथ फ्लावर, साइड बन, कर्ल अप डु आदि फेसनमा छन् । अहिले हिन्दू दुलहीहरू पनि इसाई गाउन कन्सेप्टमा पहिरन बनाउँछन् । उनीहरूका लागि यस्तै फरक–फरक हेयर स्टाइल बनाएर डिसेन्ट र आकर्षक दुलही तयार गर्न सकिन्छ । 

कतिपय दुलही मेकअप, पहिरन, हेयर स्टाइल राम्रो भएर पनि ज्वेलरी सेन्स नभएर त्यति आकर्षक नदेखिएका पनि छन् । सुनको नेकलेस लगाई डायमण्डको हेयर क्राउन लगाइने तथा नचाहिने ठाउँमा हेयर एसेसरिज प्रयोग गर्दा त्यस्तो देखिएको हुनसक्छ ।

राजेश घिमिरे,
आर्डेन द ब्युटि प्वाईन्ट, कुपण्डोल

 Image