शिवाङ्गिनीका चित्रमा आशाको रङ
शिवाङ्गिनी दु:खभन्दा आशा, निराशाभन्दा सम्भावना र संघर्षपछि आउने सफलतालाई चित्रमार्फत प्रस्तुत गर्न रुचाउँछिन्, यही सकारात्मक ऊर्जा उनका चित्रहरूको विशेषता हो ।
गायिका सीमा शाह ५ वर्षदेखि निरन्तर गायन क्षेत्रमा समर्पित छिन् । केही समयअघि उनको एल्बम सीमा भाग–१ बजारमा आएको थियो । आधुनिक तथा पप गीतमा रुचि राख्ने शाहको सीमा–२ दोस्रो एल्बम हो । फूल हुँ म डाली डाली, मेरो हजुर, कसमै तोडी, भुलूँ कसरी, किन जुधें, अल्झिँदा एकैछिन, ओठले भन्न सकिनजस्ता माया–प्रेमका ६ वटा गीत समेटिएको यो एल्बममा आधुनिक शैलीका गीतहरू समावेश छन् जसमा सन्तोष पोखरेल, सारिका घिमिरे, समीर राई, शंकर श्रेष्ठ, स्व.राम थापा, ललिता कुँवर, अशोक महर्जनका शब्द छन् भने करणराज कार्की, कमल खत्री, विक्रम थापा, शंकर श्रेष्ठ, लय संंग्रौला, स्व. रत्नबहादुर खड्गी तथा अशोक महर्जनको संगीत छ ।