दराजमा महिला
नेपालको ‘अनलाइन’ बजारमा ‘दराज’ कम्पनी चार वर्षयता सञ्चालनमा छ । ‘अनलाइन सपिङ’ गर्नेहरूका लागि यो कम्पनी राम्रो प्लेटफर्म बनेको छ । ग्राहकहरूको आवश्यकतानुसार कम्पनीले आफ्नो बजार विस्तार गर्दै लगेको छ ।

५ वर्षदेखि प्रेमी–प्रेमिकाका रूपमा परिचित नायिका वर्षा राउत एवं संजोग कोइराला जीवनका रमाइला क्षण बिताइरहेका छन् । बालकलाकारका रूपमा थुप्रै चलचिचमा काम गरिसकेका संजोग कोइराला उत्सव, बाजिगरजस्ता चलचित्रमा नायकका रूपमा देखा परे । कोइराला र राउतको पहिलो भेट चलचित्रको अडिसनका क्रममा भएको हो । उक्त भेटमै एक–अर्कालाई रुचाएका उनीहरू अहिलेसम्म औपचारिक प्रेमप्रस्ताव भने नराखेको बताउँछन् । दुवै एकै स्वरमा भन्छन्–‘साथीभाइहरूले जिस्क्याउँदा–जिस्क्याउँदै प्रेममा डुबिहालियो, प्रेमप्रस्ताव राख्ने आवश्यकता नै परेन ।’ दुवैको परिवारलाई उनीहरूको सम्बन्धका बारेमा जानकारी छ । अहिले दुवैको करिअर सुरुवाती चरणमा भएकाले विवाहसम्बन्धी योजना बनाइनसकेको उनीहरू बताउँछन् ।
राउत र कोइरालाले अहिलेसम्म चलचित्रमा सँगै काम नगरे पनि उनीहरू मुना चिया तथा लक्ष्मी बैंकको विज्ञापनमा जोडीका रूपमा देखा पर्छन् । हाल जात्रा चलचित्रको प्रमोसनमा व्यस्त वर्षा संजोगको इन्टेरियर डिजाइनिङसम्बन्धी काम तथा कफी सपमा सघाइरहेकी छिन् । यी दुईबीच उमेरमा ६ वर्षको अन्तर छ । धेरैको जोडी बन्ने र टुट्ने क्रम चलिरहेको फिल्मी वृत्तमा त्यससम्बन्धी जिज्ञासा राख्दा वर्षा भन्छिन्, ‘यो लहर एकदमै नराम्रोसँग आउँदैछ । हाम्रो सम्बन्ध भने ब्वाइफ्रेन्ड र गर्लफ्रेन्डभन्दा माथि असल साथीका रूपमा रहेकाले त्यस्तो डर छैन । मुख्य कुरा हामीबीच इगो छैन । इगो नभएपछि सम्बन्ध बिग्रिएला कि भन्ने डर कम छ ।’ आपसी साथ एवं सहयोगमा रमाइरहेका संजोग र वर्षा भविष्यका बारेमा भने केही भन्न नसकिने बताउँछन् ।
संयोजन : सिर्जना दुवाल श्रेष्ठ
तस्बिर : महेश प्रधान
पहिरन : सुष्मा सिंह, वुमन्स प्लानेट, घन्टाघर
मेकअप : जुनु चक्रधर, जुम ब्युटिपार्लर, कुपन्डोल
लोकेसन : थानकोट पार्क