मर्मभित्र मदन
‘मेरी धर्मपत्नी यशोदा नभएको भए म आज यो स्थानमा हुँदैनथें । जीवनमा जे–जति गर्न सकें उनकै प्रेम, साथ, सहयोग र प्रेरणाले सम्भव भएको हो’ उनले भने, ‘यशोदाको स्वर्गारोहणपछिका पाँचवर्षयता म अधूरो र अपूरो छु ।’

पाटन प्याथ ल्याबले सोमबार विश्व मधुमेह दिवसका अवसरमा नि:शुल्क शिविरको आयोजना गरेको छ । उक्त अवसरमा नियमित जाँचका लागि आउने र अन्य सुगरका बिरामीहरूको नि:शुल्क बल्ड सुगर टेस्ट गरी प्याथ ल्याबले सेवा प्रदान गरेको थियो ।
शिविरमा डाइबिटिज विशेषज्ञ डा. दीपक मल्लले नि:शुल्क बिरामी जाँच तथा परामर्श गरेका थिए । त्यसअन्तर्गत १ यस ५० जना बिरामीले नि:शुल्क स्वास्थ्य सेवा पाई लाभान्वित भएका थिए । पाटन प्याथ ल्याबका संचालक रेशम भट्टराईका अनुसार शिविरमा गरिएको जाँचका आधारमा पुरुषहरूमा नै सुगरको समस्या देखिएको उनले जानकारी दिए ।
डाइबिटिज कुनै पनि उमेर समूहका पुरुषहरूमा लाग्न सक्ने रोग भएकाले नियमित रूपमा सुगर परीक्षण गराउन सके स्वास्थ्यमा ठूलो समस्या नआउने उनको तर्क छ । यसैगरी विश्व मधुमेह दिवसका अवसरमा पाटन प्याथ ल्याबले निशु:ल्क थाइराइडको परीक्षण गरेको थियो । उक्त जाँचका क्रममा धेरै महिलामा थाइराइडको समस्या भएको पाइएको छ ।
१२ वर्ष माथिका कुनै पनि उमेर समूहका महिला तथा पुरुषहरूमा थाइराइड रोग लाग्न सक्ने सम्भावना हुन्छ । यसरी मानव स्वास्थ्यसँग जोडिएका कुनै पनि दिवसमा सोहीअनुसारको नि:शुल्क सेवा प्रदान गर्दै आइरहेको पाठन प्याथ ल्याबले आगामी दिनमा महिलाहरूको पाठेघरको मुखमा हुने क्यान्सरको संक्रमणको पनि जाँच गर्ने योजना बनाएको छ ।
तस्विरहरु : नवराज वाग्ले