Successfully Copied

दसैंमा घुमघाम

नेपालीहरूको ठूलो पर्व दसैं अहिले निकै विस्तृत हुँदै गएको छ । यतिबेला लामो बिदा हुने भएकाले मानिसहरू पारवारिक जमघटमा मात्र केन्द्रित नरही विभिन्न कार्यक्रम बनाइरहेका हुन्छन् ।

नेपालीहरूको ठूलो पर्व दसैं अहिले निकै विस्तृत हुँदै गएको छ । यतिबेला लामो बिदा हुने भएकाले मानिसहरू पारवारिक जमघटमा मात्र केन्द्रित नरही विभिन्न कार्यक्रम बनाइरहेका हुन्छन् । वर्षभरि काम गरेर थाकेकाहरूका लागि थकाइ मेटाउने तथा लामो बिदा भएकाले घुम्न जाने अवसर पनि हो– दसैं। नेपालकै क्यालेन्डरलाई मध्यनजर गर्ने हो भने दसंैमा सबैले लामो बिदा पाउँछन् । स्कुल, कलेज, कार्यालय तथा सरकारी कार्यालय सबैले लामो बिदा दिन्छन् । दसैंमा १ हप्तादेखि १५ दिनसम्मको बिदा हुन्छ । यसलाई सबैले आ–आफ्नो हिसाबले बिताउँछन् ।

 दसैंमा  कतिपय नेपाली परिवारको रुटिन नै घुम्न जाने हुन्छ । यतिबेला अफिसबाट अतिरिक्त तलब पनि पाइने हुँदा त्यस्तो घुमघाम सहज पनि हुन्छ । नेपालीहरू विशेषगरी बैंकक, मलेसिया, सिंगापुर, बाली, श्रीलंका आदि देशहरूमा घुम्न जान्छन् । यही कुरालाई मध्यनजर गरेर विभिन्न ट्राभल एजेन्सीले दसैं प्याकेजहरू तयार पार्छन् । अहिले नेपालमै पनि विदेश घुम्ने चलन निकै बढेको छ । गत वर्ष दुबई घुमेका पूजा शाहका दम्पती यसपटक बाली जाने योजनामा छन् । व्यवसायी पूजा दसैंलाई जीवनको पजका रूपमा लिन्छिन् । शाह भन्छिन्–‘दसैंको लामो बिदाको उपयोगले वर्षभरि आफूलाई रिचार्ज गर्छ ।’ पूजा अरू बेला निकै व्यस्त हुन्छिन् । त्यसैले दसंैको बिदामा नेपालभन्दा विदेश घुमघाममै रम्न मन पराउँछिन् । दसैं लक्षित प्याकेज मितव्ययी हुनुका साथै आफूलाई मन लागेको ठाउँमा जान सकिने भएकाले कामकाजीहरूका लागि उपयुक्त पनि छ ।

हाम्रो होलिडेजका सुमन श्रेष्ठ हरेक वर्ष ४ सय जति नेपालीलाई विदेश पठाउने बताउँछन् । नेपालमा हुने इन्धनको अभावका कारण पनि नेपालीहरू दसैंको समय पारेर विदेश जान्छन् । पैसाका कारण मानिसहरू विशेषगरी बैंकक तथा सिंगापुर घुम्न मन पराउँछन् । त्यहाँ घुमिसकेकाहरू अरू देश घुम्न जान्छन् । यस्ता चाडपर्वमा नेपालमै बस्नुभन्दा विदेश जानु सस्तो हुन्छ । दसैंमा  घुम्न जाने क्रम बढ्दै गएकाले यतिबेला अधिकांश ट्राभल एजेन्सीले आकर्षक प्याकेजहरू तयार पारेका छन् । यसमा चर्को प्रतिस्पर्धा पनि छ तसर्थ आफ्ना नानीहरूलाई विदेश घुमाउन इच्छा हुने अभिभावकहरू पनि दसैं नै कुर्छन् ।

शिखर ट्राभल एण्ड टुर्सका एक्जेक्युटिभ डाइरेक्टर गविस खनाल नेपालीहरू विशेषगरी किनमेलका लागि विदेश जान रुचाउने जानकारी दिन्छन् । कामकाजीभन्दा पनि व्यापार–व्यवसाय गर्नेहरू थकाइ मार्न विदेश घुमघाममा जान्छन् । लामो बिदाको उपयोग गर्न नेपालीहरू दसैंमा  विदेश जाने योजना बनाउँछन् । विदेशको यात्राले मानिसहरूलाई अरूको संस्कार तथा संस्कृतिसँग साक्षात्कार गराउँछ । आफ्नै देशमा मात्र बसेर आफूलाई कहिल्यै एक्सप्लोर गर्न सकिँदैन । नयाँ–नयाँ ठाउँ घुमे नयाँ–नयाँ कुरा सिक्न तथा जान्न पाइन्छ । 

बैंकमा कार्यरत रमा थापा आफ्नो परिवारका साथमा हरेक वर्ष विदेश घुम्न जान्छिन् । थापा यो घुमघामलाई किनमेल तथा रमाइलो अवसरका रूपमा लिन्छिन् । उनी भन्छिन्–हुन त दसैं पनि हाम्रा लागि महत्वपूर्ण चाड हो तैपनि परिवारसँग लामो समय बिताउने मौका भएकाले यतिबेला उनी विदेश घुमघामको चाँजोपाँजो मिलाउँछिन् । यतिबेला विभिन्न मूल्यका प्याकेजहरू उपलब्ध हुन्छन् जुन राम्रो अवसर पनि हो । 

विशेषगरी वर्षभरि व्यस्त रहने वर्ग घरमा दसैं मनाउनुभन्दा विदेशमा रमाउन मन पराउने एस ट्राभलका अनिल धरेलले जानकारी दिए । बिदाको मुडमा लामो समय परिवारसँग नयाँ परिवेशमा बस्ने रहर सबैमा हुन्छ । विशेषगरी महिनाको ५० हजारभन्दा बढी कमाइ गर्नेहरू दसंैको मौका पारेर घुम्न जान्छन् । गत वर्ष एस ट्राभलबाट १५ सय जति नेपाली विदेश घुम्न गएका थिए । यसपटक २ हजार ५ सय नेपालीले बुकिङ गरिसकेको अनिलले बताए । नेपालीहरू विशेषगरी थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया, सिंगापुर तथा श्रीलंका जान्छन् । 

एस ट्राभल 

एस ट्राभलले इकोनोमी, प्रिमियम तथा लक्जरी गरी तीन थरीको प्याकेज तयार पारेको छ । यो प्याकेज थाइल्यान्ड, दुबई, मलेसिया, सिंगापुर, युरोप, अस्ट्रेलिया, जापान, कोरिया, बेलायत, स्कटल्यान्ड, अमेरिका आदि देशका लागि बनाइएको हो । यो प्याकेज अक्टुबर तथा नोभेम्बर महिनाका लागि तयार पारिएको हो । यो प्याकेजअन्तर्गत एअर फेयर, भिजा प्रक्रिया तथा फी स्टार होटलहरूमा खाने–बस्ने व्यवस्था मुख्य साइट सिन आदि समाहित छ । एस ट्राभल्समा ५२ हजारको थाइल्यान्डदेखि ७ लाख ७५ हजार ५ सयसम्मको प्याकेज उपलब्ध छ । 

एडभेन्चर बिल 

दसंैलाई लक्षित गरेर एडभेन्चर बिलले मलेसिया, थाइल्यान्ड, भियतनाम, तिब्बत, भूटान तथा लाओसको प्याकेज तयार पारेएको छ । सिंगापुर तथा मलेसियाका ९८ हजार प्रतिव्यक्ति खर्च लाग्छ । त्यसैगरी १० दिनको मलेसिया भ्रमणका लागि ९९ हजार ४ सय खर्च लाग्छ । 

माइ ट्रिप नेपाल 

माइ ट्रिप नेपालले दसैंलाई लक्षित गर्दै थाइल्यान्ड, मलेसिया, युरोप, दुबई तथा सिंगापुरको प्याकेज ल्याएको छ । यी प्याकेज ५ दिनदेखि १० दिनसम्मका छन् । जसमध्ये थाइल्यान्डका लागि ६२ हजार ९ सय, दुबईका लागि ६७ हजार ९ सय तथा युरोपका लागि २ लाख ४५ हजार रुपैयाँको प्याकेज लिन सकिन्छ । 

लेजर ट्राभल एण्ड टुर्स 

लेजर ट्राभल एण्ड टुर्सले पनि दसैंलाई लक्षित गरेर विभिन्न प्याकेज तयार पारेको छ । जसअन्तर्गत मलेसिया, दुबई, बैंकक, थाइल्यान्ड तथा श्रीलंकाका टुर प्याकेज उपलब्ध छन् । थाइल्यान्डको प्याकेज सरदर १७ हजार ६ सयबाट सुरु हुन्छ । यो प्याकेजअन्तर्गत भिजा प्रोसेस, खाने–बस्ने व्यवस्था, सपिङ सेन्टर नजिकै रहेको युरोपियन स्ट्यान्र्डको होटलमा बस्ने व्यवस्था समावेश छ । 

कान्तिपुर होलिडेज 

कान्तिपुर होलिडेजले पनि दसैंका लागि आकर्षक अफर ल्याएको छ । यसले इन्डोनेसिया, श्रीलंका तथा मालदिभ्सका प्याकेज प्राथमिकतासाथ अघि सारेको छ । यो प्याकेज बिदाको समयलाई सदुपयोग गर्न रमाइलो तथा स्मरणीय हुने खालको शैलीमा तयार गरिएको छ । रोमान्चक प्याकेज नाम दिइएको यो प्याकेज स्थान हेरी ७४ हजार ९ सय ९९ देखि १ लाख ४९ हजार रुपैयाँसम्ममा उपलब्ध हुन्छ । यो मूल्यमा प्याकेज हेरी ३ देखि ७ दिन बिताउन सकिन्छ । 

एके होलिडेज 

‘तपाईं प्याकिङ सुरु गर्नुहोस् घुम्ने चाहना हामी पूरा गर्नेछौं’ भन्ने स्लोगनसहित आफ्नो प्याकेज बजारमा ल्याएको एके होलिडेजले दसैंलाई केन्द्रित गरी दुबई, भियतनाम, थाइल्यान्ड, दुबई तथा इन्डोनेसिया आदि देशको टुर प्याकेज अघि सारेको छ जसमा ४८ हजारदेखि २ लाखको हाराहारीमा ३ देखि ७ दिन घुम्न सकिन्छ ।

हाम्रो होलिडेज 

हाम्रो होलिडेजले दुबई तथा अस्ट्रेलियाको दुईवटा प्याकेज अघि सारेको छ जसमध्ये दुबईको ४ दिनका लागि ७० हजार तथा अस्ट्रेलियाका लागि ८ दिनको ३ लाख २५ हजार खर्च लाग्छ । 

शिखर होलिडेज 

नेपालीहरूको महान् चाड दसैंलाई लक्षित गरेर शिखर होलिडेजले विभिन्न प्याकेज ल्याएको छ । यो प्याकेजअन्तर्गत थाइल्यान्ड, मलेसिया, दुबई तथा सिंगापुर घुमघाम गर्न सकिन्छ । करिब ५५ हजारदेखि १ लाख २ हजारसम्ममा यी देशमा ४ दिनदेखि ९ दिनसम्म बिताउन सकिन्छ । यो प्याकेज सस्तो दरमा दसैंको बिदा सदुपयोग गर्ने विशेष उपाय पनि हो । 

 Image