जब ऊस“ग मेरो भेट भयो, म त्यतिबेला दुःख र फ्रस्टेसनको बोझमा अल्झिएकी थिए“ । उमेरको चढ्दो भ¥याङ निक्कै उक्लिए पनि विवाह नहुनु सा“च्चै नै उदेकलाग्दो थियो । उमेरले छब्बीस कटेकी र कुनै शृङ्गार नगर्ने म कतैबाट पनि आकर्षक देखिन्नथें । त्यसैले हेर्न आउने केटाहरूले मलाई कहिल्यै मन पराएनन् । त्यसो भएको हु“दा म अब विवाह नगर्ने पक्षमा थिए“ । मैले परिवारलाई एउटा चिन्ता दिएकी थिए“ । त्यसैले म घरभन्दा टाढा काठमाडौंमा डेरा लिएर बसेकी थिए“ ।
दुई वर्षअघि काठमाडौं आएकीले म यहा“को वातावरणमा भिजिसकेकी थिए“ । सधैं अफिस जानु, कोठा फर्की एक्लै धुमधुम्ती बस्नु र भान्साको काम गर्नु सिवाय केही काम थिएन । अफिस जा“दा माइक्रो चढ्थें । म शंखमूलबाट माइक्रो चढ्थें जुन सोझै रत्नपार्क जान्थ्यो । मलाई बागबजार जान सजिलो थियो, त्यही“ अफिस भएकाले । अफिसमा महिला कर्मचारी पनि थिए तर सबै फेसन शो गर्थे । मलाई त्यस्ता कुरामा कुनै चासो थिएन । त्यसैले मसँग कमै नजिकिन्थे । जतिबेला पनि उनीहरूको गफ साडी, गहना वा कुनै हिन्दी सिरियलस“ग सम्बन्धित हुन्थ्यो । मलाई अफिसमा पनि दिक्क लाग्न थालेको थियो ।
एकदिन बागबजारको बाटोमा हि“ड्ने क्रममा नजिकै कतै क्याफे छ कि भनी खोज्दै थिए“ । एउटा आकर्षक र शान्तझैं क्याफेमा आ“खा गड्यो । त्यही“ खाजा खाने मुड चल्यो । टेबुलमा बसेकी मात्र थिए“, वेटरले अर्डर लियो । कुर्दै म भित्तामा झुन्ड्याइएको आर्ट हेर्न थालें । कलाप्रेमी साहु होलान्, मलाई यस्तै लाग्यो । मछेउ आएर कसैले भन्यो, ‘पेन्टिङमा दिलचस्पी छ जस्तो छ नि !’ उसले मेरो ध्यान खिचेको थियो । मैले उसलाई हेरें । ऊ मेरै छेउ उभिएको थियो । मलाई हेर्दै फेरि, ‘बस्न सक्छु ?’ सोध्ने औपचारिकता निर्वाह गर्नासाथ ऊ कुर्सीमा बस्यो । मेरो जवाफ पर्खिएन ।
थोरै मात्र खुलेकी थिए“ म । मेरो कम बोल्ने बानीले पनि उसलाई पट्यार लागेन । ऊ बोलिरह््यो, मैले सुनिरहें । हि“ड्ने बेला उसले भिजिटिङ कार्ड दि“दै भन्यो, ‘च्याटमा सर्फिङ गर्नुहोला ।’म भने अचम्ममा परेकी थिए“ । पहिलो भेटमै उसले चिनेकोझैं, पुरानो मित्रले जस्तै व्यवहार ग¥यो । त्यतिबेला म पनि भर्खर–भर्खर कम्प्युटर चलाउन थालेकी थिए“ । कोठामा पनि प्रयोगका लागि कम्प्युटर राखेकी थिए“ । इन्टरनेट कनेक्सन त छ“दै थियो । बेसिक जानकारी लिएकीले यो पनि उपयोगी हुने लाग्यो र भिजिटिङ कार्ड समातें । पर्समा हाल्दै भनेकी थिए“, ‘ओके’ ।
यसरी भएथ्यो हाम्रो चिनजान । त्यसपछि भने हाम्रो भेट ‘डब्ल्युडब्ल्युडब्ल्यु डट कम’ मा हुन थाल्यो ।
अफिसमा कामको चाप बढी हुन्थ्यो । थकित हु“दै कोठामा फर्कनुपथ्र्याे । यसरी थकित अवस्थामा च्याटमा बस्नु मज्जा लाग्थ्यो । मैले आफूलाई हलुङ्गो महसुस गर्न थालेकी थिए“ । यो बिरानो ठाउ“मा पनि मित्र भेटेकी थिए“ । विचार र खबर साटासाट गर्न पाएकीले पनि हुनसक्छ, म ऊसित च्याटमा घुलमिल हुन थालेकी थिए“ । एक वर्षको अवधिमा हाम्रो भेट कम, च्याटिङ बढी भयो । यो अवधिमा एक–दुई कविता लेखेर राष्ट्रिय पत्रिकामा छपाए“ । एकाध लेख वेबसाइटमा राखें । उसले इन्टरनेटमा मेरो लेख पढ्न भ्याएछ र प्रतिक्रिया पनि दियो । सही मूल्यांकन भने गरेन । मात्र भन्यो, ‘राम्रो लाग्यो ।’
अचानक एकदिन उसले मोबाइलमा फोन ग¥यो र भन्यो, ‘हाय, कस्तो छ ? धेरै भयो नभेटेको, आज भेटौं । म तिम्रो अफिसबाहिर पा“च बजे आउ“छु ।’ ‘ओके’ हुन्न भन्न सकिन । म धेरै खुसी थिए“ । धेरैपछि ऊस“ग भेट्दै थिए“ । समयको पक्का देखियो । ठीक पा“च बजे ऊ बाइक लिएर मेरो अफिसअघि कुरिरहेको थियो । किन–किन उसलाई देख्नासाथ रमाइलो अनुभूति भयो । आफैंभित्र एक किसिमको ऊर्जा थपिएझैं भयो । मलाई देखेर ऊ मुस्कुरायो । म पछाडि बसिसकेकी थिए“, उसले मोटरबाइक कु“दायो ।
हामी बानेश्वरको एउटा क्याफेमा पुग्यौं । मधुरो आवाजमा कुनै अंग्रेजी गीत बजिरहेको थियो । गीतले प्रेमिकालाई प्रेमीले अनुनय–विनय गरेको भाव दिन्थ्यो । हामी क्याफेको एउटा कुनामा थियौं । मलाई रमाइलो अनुभूति भैरहेको थियो । टेबुलमा कफी आइसकेको थियो । हामी भने गफमा मस्त थियौं । यो सा“झ मलाई रमाइलो लाग्यो । उसले भन्यो ‘तिमीसित वेब क्यामेरा छ ? आज रातिदेखि अन गर, प्रत्यक्ष गफ गरौं ।’
‘छ’ भनिदिए“ । मैले एक महिनाअघि वेब क्यामेरा लिएकी थिए“ । किन ढा“ट्नु थियो र ! वेब मेराबाट स्क्रिनमा आफूलाई हेर्न खुब रमाइलो हुन्छ । म बिनामतलव वेबमा देखा पर्थें । स्क्रिनमा आफ्नो मुखाकृति विभिन्न बनावटमा प्रस्तुत गर्थें । कोठामा पुग्नासाथ कम्प्युटर अन गरें । ऊ स्काइपमा देखा प¥यो । अनि त के वेबको प्रयोग दिनह“ु हुन थाल्यो । सबीच थाहा भयो उसकी श्रीमतीसित उसको उठबस पनि बन्द छ । श्रीमती माइत गैरहन्छे । किन उनीहरूबीच यस्तो हु“दैछ जान्न म कहिल्यै इच्छुक भइन । म च्याटमित्र फेला परेकोमा ढुक्क थिए“ । सा“झ अफिसबाट फर्किएपछि राति अबेरसम्म ऊसित च्याट गरिरहन्थें ।
एकदिन उसले नसोचेको कुरो ग¥यो, ‘तिमी आज राम्री देखिएकी छौ । मानौं म तिम्रो प्रेमी हु“ । केही रोमान्टिक कुरा गरौं ।’ उसको कुरा सुनेर म हैरान भए“ । अचानक उसले यस्तो प्रसंग निकालेको थियो । ‘यो कसरी हुनसक्छ ?’ मैले तत्काल भनेकी थिए“, तर मेरो मनमस्तिष्कमा एक किसिमको खलबली मच्चिएको थियो । ‘मेरी श्रीमती माइत गएकी छे । मुड अफ छ । कति गर्ने पुरानै ढर्रामा गफ । मानौं न तिमी र म प्रेमी–पे्रमिका हौं र खुब मस्तीका कुरा गरौं ।’ केही भन्न सकिरहेकी थिइन । म अलमलिए“ । ‘म तिम्रो कोठामा आए“ भने के गछ्र्यौ ?’ उसले प्रश्न ग¥यो । ‘चिया, कफी सोध्छु । वेबसाइटका कुराहरू सिक्छु ।’ मैले जवाफ दिए“ । म प्रस¨ बदल्न चाहन्थें ।
‘ओहो ! मानौं तिम्रो पे्रमी तिम्रो कोठामा आएको छ । तिमी उसलाई माया गर्दिनौ ? झट्ट समाएर किस गर्दिनौ ?’ ‘अहँ ।’ यति मात्र भनेकी थिए“ । ‘म आए“ भने तिमीलाई च्याप्प समाउ“थें । अंगालोमा बेर्थें र ती गुलाबजस्ता राता ओठमा च्वाप्प म्वाइ“ खान्थें । त्यही“ तिम्रो ओछ्यानमा लडाउ“थें ।’ ‘ओहो ! यो त हद भयो, के बकवास गरेको !’ अलि ठूलै आवाज निस्कियो अनि कम्प्युटर बन्द गरें । अब मेरो पारो तात्तिएर आयो । रिस उठ्नु स्वाभाविक थियो । नचाहि“दो कुराको सुरुवात जो गरेको थियो । उसले कसरी आज यस्तो कुरो ग¥यो भन्ने लागिरह्यो ।
दुई–तीन दिन कम्प्युटर खोलिन । बजारमा भर्खर निस्किएको ‘टु“डाल’ उपन्यास किनेर पढ्न थालेकी थिए“ । उपन्यासले राम्रोस“ग तानेको थियो । बूढो शर्मास“ग नवयौवनाको यौन सम्बन्धले आङ नै सिरि¨ पा¥यो । ऊ बेलाबेला फोन गथ्र्याे । मलाई झर्काे नलागेको पनि होइन तर झर्किन पनि सक्दिनथें । फोनमा हामीले निक्कै बहस ग¥यौं । ऊ च्याटमा आउन भन्थ्यो । म मान्दिनथें । त्यस्ता फाल्तु गफ गर्ने समय छैन भनिदिए“ । ऊ मान्न तयार थिएन । ‘यो त एउटा मुडमा आउने कुरा हो । दिनभरिको थकाइ मेट्ने बहाना । यो वास्तवमा मात्र मनोरञ्जनका लागि गरिने अनुभवको प्रयास मात्र हो । प्लिज मान । नरिसाऊ ।’ ऊ फोनमा अनुनय–विनयको भावमा बोल्यो र अगाडि भन्दै गयो, ‘यो सब एन्ज्वाइमेन्टका लागि हो । एक किसिमको सुरक्षित मनोरञ्जन । अनलाइन रोमान्समा कुनै खतरा पनि त हु“दैन !’ उसले सम्झाउने प्रयास ग¥यो ।
‘तिमी मेरो च्याटमित्र मात्र हौ । केहीबेर राम्रोस“ग कुरा ग¥यौं र नजिक भयौं भन्दैमा म तिम्रो काल्पनिक पे्रमिका हुन सक्दिन । अनि तिम्रो कल्पनामा रोमान्टिक हुन सक्दिन ।’ म झर्किए“ । ‘प्रेम नभए मित्रता कसरी हुन्छ ?’ व्यंग्य थियो वा प्रश्न बुझ्न सकिन । उसले मित्रता टुट्ने डरले मस“ग माफी माग्यो र मित्रतालाई भने जोगायो । एउटा शनिबार । म आफ्नो कोठामा बसेर पुरानो कथा संग्रह ‘तिम्री स्वास्नी र म’ पढिरहेकी थिए“ । ढोका ढक्ढक्याएको आवाज आयो । ढोका खोले“ । म छक्क परे“ । ऊ मेरो सामुन्ने थियो । ऊ मलाई हेरेर हा“सिरहेको थियो । ढोका खुल्नासाथ भित्र पस्दै सोध्यो, ‘के गर्दैछौ ?’ ‘पढ्दै थिए“ ।’ म थप बोल्न सकिरहेकी थिइन । ऊ ओछ्यानमा गएर थचक्क बस्यो ।
कुराको थालनी उसैले ग¥यो । सञ्चो बिसञ्चोको कुरा ग¥यो । आफ्नो दिनचर्या बताउन थाल्यो । चिया पकाइरहेको अवस्थामा उसले मलाई पछाडिबाट च्याप्प समात्यो । उसले यति छिटो मेरो ओठमा उसको ओठ पु¥यायो मैले पत्तै पाइन । ऊ मेरो ओठमा चुम्बन गरिरहेको थियो । म प्रतिक्रियाविहीन थिए“ । यो के भयो मलाई नै थाहा भएन । प्रतिकार गर्ने मेलो नै पाइन । न त मैले उसलाई धकेल्ने प्रयत्न नै गरें । चिया पिउन्जेल हामीबीच केही कुराकानी भएन । त्यहा“ एक किसिमको सन्नाटा छाएको थियो । म एकोहोरो चिया पिउ“दै ऊ कुन बेला निस्किएर जाला भन्ने सोच्दै थिए“ । मलाई ऊ गइदिए पनि हुन्थ्यो भन्ने लाग्यो । केही समयपछि ऊ गयो । ऊ गएपछि मनमा अनेकौैं प्रश्न आए ।
सा“झ अनायासै फेसबुक खोलें । ऊ अनलाइनमै थियो । वेबमा आउने उसको आग्रहलाई नकार्न सकिन र वेब क्यामेरा अन गरें । ऊ भन्दै थियो— ‘गुलाबका पातजस्ता कोमल तिम्रा ओठको वर्णन गरेर साध्य छैन । म एकदम आकर्षित भए“ । तिम्रो वदनको महक लोभलाग्दो थियो ।’ ऊ फेरि पनि रोमान्टिक मुडमा देखाप¥यो । ‘ए ! तिम्रो त्यो टेबुलमा रहेको किताब जहा“सम्म लाग्छ, ‘सर्वज्ञ र सेक्स’ हो !’ ‘पक्का हो ।’ सही अनुमानलाई समर्थन गरेकी थिए“ । ‘त्यसमा त्यो छ नि, ‘सर्वज्ञ र सेक्स’ की पात्र कति लोभलाग्दी थिई । मलाई पढुन्जेल मजा आयो । कति सेक्सी थिई । बिल्कुल तिमीजस्तै ।’
‘तिमी धेरै छाडा नबन ।’ यस्तै भनें । ‘तिम्रो अध्ययनको पुस्तक नै त्यस्तै हुन्छ । सम्भवतः तिमीलाई यौनकथा मन पर्छ ।’ उसले त्यस्तै हल्का तरिकाले भन्यो, ‘तिम्रो शरीरको आकर्षण मेरा लागि त्यसै लोभलाग्दो छ । म तिमीलाई हेर्न चाहन्छु, जसरी किताबका अक्षर–अक्षरले एकएक गरी शरीरको लुगा बोक्रा ताछेझैं ताच्छन् । हो त्यसैगरी तिम्रो शरीरको दर्शनको अभिलाषी भएको छु । तिमी त्यही गर ।’
ओ माइ गड ! यो के भनिरहेको थियो । पत्याउन पनि मुस्किल भयो । ऊ मलाई वेब क्यामेरामा नाङ्गिन आग्रह गरिरहेको थियो । उसको आग्रहमा म सहमत हुने कुरै थिएन । ऊ पटकपटक त्यही कुरा दोहो¥याइरहेको थियो । घरमा ऊ एक्लै भएको र श्रीमती माइत गएकीले त्यो एक्लोपनको फाइदा लुट्न चाहन्थ्यो । ‘यसमा कुनै खतरा छैन । तिमी आफ्नो कोठामा छौ, म आफ्नो कोठामा छु । यसलाई खालि मनोरञ्जनका रूपमा लिऊ“ । एकछिन रमाइलो गरौं ।’ ऊ बारम्बार दोहो¥याइरहन्थ्यो । उसको अनुनय–विनयमा म हार्दै थिए“ । म दोधारमा थिए“ । ‘एउटा फिल्म देखाउ“छु, हेर ।’ उसले क्यामेरालाई लिभिजनमा मोड्यो । डिभिडी कनेक्ट गरी कुनै चक्का हाल्यो । प्ले गर्नुअघि भन्यो, ‘यो मेरी पूर्वप्रेमिकाको भिडियो हो ।’
ऊ रमाउन चाहन्थ्यो । वेबमा मेरासामु ऊ केटाकेटीझैं देखिएको थियो । उसको चर्तिकला हेर्दै थिए“ म । आ–आफ्नै कोठाबाटै रमाउने इच्छा प्रबल हु“दै थियो । म स्क्रिनमा हेर्दै रोमान्टिक मुडमा उक्लि“दै गएकी थिए“ । उमेरको उन्मादमा जोकोही उमङ्गिन पुग्छ । हो, ममा पनि उमेर सुलभ चञ्चलता बा“की नै थियो । हो, यतिबेला होस हराएकी थिए“ । दृश्य अश्लील थियो । त्यो उसकी पूर्वप्रेमिकाको थियो, ऊ आफ“ैले भनेको थियो । त्यो दृश्यले म चकित भए“ । यस्तो कसरी हुन सक्छ ! ऊ मलाई त्यो दृश्य किन देखाइरहेको छ ! यस्तो कतिस“ग भयो होला ! यसैबाट अनुमान लगाउन सकिन्छ, आदि कुरा मनमा त“छाडमछाड गर्न थाले । मभित्र अनेक विचारले हमला गर्न थाले । मनमा चिसो पस्यो तर शरीर भने तात्तिएर आयो । रिसको सीमा बढ्न थाल्यो । यतिबेला यो सब उसले रेकर्ड पनि त गरेको हुनसक्छ ! जे मलाई देखाउ“छ, अरूलाई पनि देखाउँदो हो ! मेरो रेकर्ड अरूलाई नदेखाउला भन्ने के ग्यारेन्टी छ ? झटपट कम्प्युटर सट डाउन गरें । मेरो रिसको पारो चढिसकेको थियो । शरीरको सम्पूर्ण रगत सोहोरिएर आयो । मुखबाट नराम्रा गाली बक्दै रहेछु । लाग्यो कस्तो मान्छेस“ग संगत गरिछु । आफैंदेखि घृणा लागेर आयो । आफैंस“ग रिस उठ्यो ।
भोलिपल्ट मोबाइल नम्बर परिवर्तन गरें । फेसबुक तथा इमेल एड्रेस पनि परिवर्तन गरिहालें । आफू बस्ने कोठा सारें तर अनलाइन कहिल्यै भइन । मेरो वेब तृष्णा मरिसकेको थियो ।