छोराको बिहे
तपाईंसँग निकै रिस उठेको छ, दिदी । राम्रो गर्नु भएन, कतै केटी नपाएर विचारधारा नै नमिल्ने परिवारसँग नाता जोड्न लाग्नु भएछ त । तिनले धेरै दाइजो दिन्छन् भनेर टीकोटालो गरेको त होइन उमेशको ?
हिन्दु महिलाहरुले आज महादेवको पूजा आराधना गरी हरितालिका तीज पर्व भव्यताका साथ मनाइरहेका छन् । काठमाडौंको पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा पूजा अर्चना गर्ने व्रतालु महिलाहरुको घुइँचो लागेको छ । हरेक वर्षजस्तै यो वर्ष पनि तीजको ब्रतको दिन आज पशुपति परिसर भरिभराउ बन्यो । आज बिहानैदेखि पशुपतिमा ब्रतालुहरुको भीड लागेको छ । तीजको दिन महिलाहरु ब्रत बसेर शिवको मन्दिरमा पूजा गर्ने गर्छन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले तपस्या गरेर महादेव पति पाएको धार्मिक किम्वदन्ती रहेकाले तीजमा व्रत बस्ने अविवाहिताले सुयोग्य वर पाउने र विवाहिताले अटल सौभाग्य पाउने विश्वास छ।