Successfully Copied

निर्देशक समाजको इतिहासमै सुचित्रा पहिलो महिला अध्यक्ष

चलचित्र निर्देशक समाजको नयाँ कायसमितिका लागि शनिबार भएको निर्वाचनमा सचित्रा श्रेष्ठ विजयी भएकी छन् । निर्देशक समाजको इतिहासमै सुचित्रा पहिलो पहिलो महिला अध्यक्षसमेत बनेकी छन् । उनले राजु केसीलाई भारी मतान्तरले पराजित गरेकी थिइन् ।

त्यसैगरी, प्रथम उपाध्यक्षमा पनि महिला निर्देशक नै निवार्चित भएकी छन् । रक्षासिंह राणाले सर्वाधिक मत ल्याएर उपाध्यक्षमा विजयी हुदाँ दीपक खाँड पनि सोही पदका लागि निर्वाचित भए । दुई उपाध्यक्षका लागि भएको निर्वाचनमा प्रमोद भण्डारी पराजित भएका हुन् । महासचिवमा गोपालचन्द्र लामिछाने निर्विरोध भए भने  सचिवमा शेखर खनाल विजयी भए । विश्वमणि घिमिरे र राजु अधिकारी क्रमश: कोषाध्यक्ष र सहाकोषाध्यक्षमा आएका छन् । कार्य समितिमा सदस्यतर्फ भने आरबी खत्री, सानु शाक्य, रञ्जित राना, समुद्र भट्ट, अजित लामिछाने र अरुणकुमार प्रधान निर्वाचित भएका छन् । 

 Image