कियानले ल्याएको खुसी
किरणले सबैलाई चकित पार्ने गरी खेल मैदानबाटै चिच्याए, ‘कञ्चन विल यु म्यारी मी ?’ घुँडा टेकेर हातमा हीराको औँठी बोकिरहेका किरणलाई सबैले एकतमासले हेरे । कञ्चन खुसी भएर मैदान छिरिन् ।

अर्किड केयर होमकी संचालक यमुना कटवाल वर्षाका सम्बन्धमा मिश्रित अभिव्यक्ति दिन्छिन्। यो मौसम उनलाई विभिन्न कारणले मन पर्छ भने केही कारणले मन पर्दैन। वर्षाका आफ्नै विशेषता छन्। जनकपुरमा जन्मिएकी यमुनामा वर्षा मौसमसँग अर्कै खालको लगाव छ। जनकपुरको प्रचण्ड गर्मीबाट वाक्क भएपछि उनी कहिले वर्षाले उष्णता कम गर्ला, कहिले पानीको थोपाले जीवनमा केही भए पनि राहत पुर्याउला भनेर कुरेर बस्थिन्। पानी परेका बेला बहाना बनाएर पानीमा भिज्न उनी अहिले पनि रुचाउँछिन्। वर्षा मौसम विशेषगरी पकौडा तथा तातो चियाको मौसम हो भन्छिन्–उनी । पानी परेका बेला परिवारका सबै सदस्य प्राय: घरमै बस्नुपर्ने हुन्छ। उनलाई बाल्यकालदेखि नै छाता ओढेर पानीमा हिँड्न औधी मन पर्छ
जब वर्षाको विषयमा कल्पना गरिन्छ यसले मनमा एक प्रकारको रमाइलो तथा आनन्दको अनुभूति गराउँछ । मयूर नाच्ने समयमा मानिस किन नरमाउनु ? वर्षाका बेला बालबालिकाहरू कागजका डुँगा बनाएर पानीमा चलाउँछन् । विभिन्न रमाइला खेल खेल्छन् । आकाशमा इन्द्रेणी, वर्षापछिको सफा तथा रमणीय वातावरण आदिले धेरैको मनमा रमाइलो तथा उत्सुकता थप्छ । सबैजना छाता र रेनकोटमा ओहोर–दोहोर गर्छन् तथापि मानिसहरू भनेको समयमा आफ्नो गन्तव्यमा पुग्न पाउँदैनन्। यतिबेला बाढीपहिरो आउँछ । अधिक पानीले बाली नाली सखाप हुन्छ । यति हुँदाहुँदै पनि जताततै हरियाली छाउनु, पानीका मुहान भरिभराउ हुनुले मानव मनलाई आनन्दित तुल्याउँछ । कृषिमा क्रान्ति ल्याएर आर्थिक सबलता बढाउन पानी निकै आवश्यक छ ।
मन पर्ने पक्ष
गर्मी कम हुँदा वातावरण चिसो हुन्छ ।
पानी परेपछिको वातावरण निकै रोचक देखिन्छ ।
आकाशको पानीमा भिज्दा विशेष आनन्द आउँछ ।
विभिन्न लहरे तरकारीको मज्जा लिन सकिन्छ ।
मन नपर्ने पक्ष
जताततै हिलो हुँदा कामकाजीहरूलाई अप्ठ्यारो हुन्छ ।
विभिन्न रोग तथा संक्रमणको जोखिम बढ्छ ।
यात्रामा निस्कन गार्हो हुन्छ ।