Successfully Copied

वार्डरोव एसेन्सियल्स

फेसन र ट्रेन्ड जे–जस्तो भए पनि फेसनका केही कुरा कहिल्यै आउट अफ फेसन हुँदैनन् । अत: यी कुरालाई आफ्नो वार्डरोवको महत्वपूर्ण हिस्सा बनाउनुपर्छ । ट्रेन्च कोट : हिजोआज यो शैलीको कोट लेदर टचका साथमा उपलब्ध छ । जुन अत्यन्त

फेसन र ट्रेन्ड जे–जस्तो भए पनि फेसनका केही कुरा कहिल्यै आउट अफ फेसन हुँदैनन् । अत: यी कुरालाई आफ्नो वार्डरोवको महत्वपूर्ण हिस्सा बनाउनुपर्छ ।

ट्रेन्च कोट : हिजोआज यो शैलीको कोट लेदर टचका साथमा उपलब्ध छ । जुन अत्यन्त स्टाइलिस लुक्स दिने खालको हुन्छ । ट्रेन्च कोट आफ्नो वार्डरोवमा हुनु फाइदाजनक हुन्छ । कारण यो फर्मल र क्याजुयल दुवै अवसरका लागि उपयुक्त हुन्छ ।

ह्वाइट सर्ट : ह्वाइट सर्टलाई ट्राउजर्स, डेनिम वा स्कर्टका साथ जोडा मिलाउन सकिन्छ र यो कहिल्यै आउट अफ फेसन हुँदैन ।

बेली सुज : आफ्नो जुत्ताको कलेक्सनलाई रिफ्रेस गर्न फ्ल्याट बेली सुज प्रयोग गर्नुपर्छ । हिजोआज भेलभेट बेली सुज पनि लोकप्रिय छ ।

लेयरिङ् पिस : पिम्पल जस्तो ड्रेसलाई स्टाइलिस लुक दिन लेयरिङ प्रयोग गर्नुपर्छ । गर्मीका लागि समर ज्याकेट्स तथा चिसोका लागि स्वेटर्स र लेदर ज्याकेटलाई आफ्नो वार्डरोवमा समावेश गर्नुपर्छ ।

पेन्सिल स्कर्ट :  बोल्ड स्ट्ेरटमेन्टका लागि यो भन्दा उपयुक्त अरू केही हुँदैन ।

ब्ल्याक ट्राउजर : स्लिक फ्ल्याटरिङ् फिट भएको ब्ल्याक ट्राउजर आवश्यक छ, कारण यसलाई जुनसुकै पहिरनसँग पेयर गर्न सकिन्छ ।

ब्ल्याक र न्युड सुज : न्युड अहिले पनि फेसनमै छ र ब्ल्याक पम्प सुज कहिल्यै आउटडेटेड हुँदैन । आफ्नो लुकलाई कम्प्लिट गर्न यिनको प्रयोग आवश्यक छ ।

डेनिम : स्टाइलको दृष्टिकोणबाट मात्र होइन आरामका हिसाबले पनि डेनिम आजको सबैको पहिलो रोजाइ बनेको छ । डार्क कलरको जिन्स आफ्नो वार्डरोवमा राख्नुपर्छ । बाँकी कलर आफ्नो छनोटअनुसार हुनसक्छ ।

लिटिल ब्ल्याक ड्रेस (एलबीडी) : यसको सबैभन्दा ठूलो विशेषता यसलाई कुनै पनि अवसरमा लगाउन सक्नु नै हो । यो अन्यन्त सिम्पल हुनुका साथ स्टाइलिस पनि देखिन्छ ।

पार्टी क्लच : सबै ठाउँमा ह्यान्ड ब्याग लिएर हिँड्न सकिँदैन । पार्टी वा विवाह समारोहमा त पार्टी क्लचले नै लुकमा पूर्णता प्रदान गर्छ ।

स्ट्रेपी हिल्स : हाइ हिलको विकल्पमा स्ट्रेपी स्यान्डल्स प्रयोग गर्न सकिन्छ र यो ट्रेन्डी पनि देखिन्छ ।

भाइब्रेन्ट स्कार्फ : यसले सामान्य खालको टिसर्टलाई पनि कुल लुक प्रदान गर्छ । त्यसलाई फरक–फरक तरिकाले र्‍याप गरी डिफरेन्ट लुक क्रिएट गर्न सकिन्छ । यसबाट फर्मल लुक प्राप्त हुन्छ र टिसर्टमा स्टाइलिस लुक आउँछ ।

सिमलेस : अन्डर गार्मेन्ट्स, टिसर्ट, ब्रा तथा पेन्टिज सिमलेस हुनु आवश्यक छ अन्यथा फिटेड पहिरन भद्दा देखिन्छ ।

रिस्ट वाच : स्मार्ट घडीले लुकलाई अझ स्मार्ट बनाउँछ । समयसँगै हिँड्न क्लासी रिस्ट वाच लगाउनुपर्छ ।

 Image