Successfully Copied

प्याजेन्ट अफ द वल्र्ड २०१६’ मा जुनिता लामा

विश्वका २० मुलुकका सुन्दरीहरुवीच भएको उपाधि प्रतिस्पर्धामा जुनितालाई मुख्य उपाधि संगै वेष्ट नेसनल कष्ट्युमको अवार्ड हात परेको छ । नेपालको जिवित देवी कुमारीको परंपरागत भेषभुषामा सजिएकी जुनितालाई वेष्ट नेसनल कस्ट्युमको अवार्ड दिलाएको हो ।

जुलाई ८ तारिखमा अष्ट्रेलियाको सिड्नीमा सम्पन्न ‘प्याजेन्ट अफ द वल्र्ड २०१६’ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालबाट सहभागि जुनिता लामाले मुख्य उपाधि जित्न सफल भएकी छिन् । प्रतियोगिताको मुख्य उपाधिका रुपमा वुमन अफ द वल्र्ड २०१६ को ताज जुनिताले पाउन सफल भइन् । विश्वका २० मुलुकका सुन्दरीहरुवीच भएको उपाधि प्रतिस्पर्धामा जुनितालाई मुख्य उपाधि संगै वेष्ट नेसनल कष्ट्युमको अवार्ड हात परेको छ । नेपालको जिवित देवी कुमारीको परंपरागत भेषभुषामा सजिएकी जुनितालाई वेष्ट नेसनल कस्ट्युमको अवार्ड दिलाएको हो ।

अष्ट्रेलियामै वसोवास गर्दै आएकी जुनिता पेशाले नर्स हुन् भने यस अघि २०१४ को मिस नेपाल अष्ट्रेलिया प्रतियोगितामा उनी फस्ट रनर अप भइसकेकी थिइन् । यसरी नेपाली युवतीहरुले विदेशीभुमिमा आफ्नो कला देखाइ उपाधी जित्नुलाई प्रशंसनीय मान्नुपर्छ ।

 

 Image