महिला व्यवसायी प्रशिक्षण संस्था र साइसा ब्युटी एण्ड हेल्थ केयर होमको एक समारोहका बीच शुक्रबार उद्घाटन गरिएको छ । स्थानीय प्रशासनमन्त्री रेखा शर्माको प्रमुख आतिथ्यमा आयोजित उक्त संस्थाको संयुक्त रूपमा विभिन्न सम्मानित व्यक्तित्वहरूको उपस्थितिमा उद्घाटन भयो ।
कार्यक्रममा साप्ताहिक र नारीका प्रधान सम्पादक सुवास दकाल, गायिका कोमल ओली, मिस नेपाल उषा खड्गी, एआइजी नवराज सिलवाल र शिक्षा सचिव रमेश नेपालले रिबन काटेर संयुक्त रूपमा संस्थाको उद्घाटन गरेका थिए ।
विगत २० वर्षदेखि सौन्दर्य व्यवसायमा योगदान पुर्याउँदै आएकी सीता पाठकले आफ्नो २५ औं विवाह गाँठ अर्थात् सिल्भर जुब्लीको अवसर पारेर साइसा ब्युटी हेल्थ केयर होमको प्रारम्भ गरेकी हुन्। सौन्दर्य व्यवसायमा महिलाहरूलाई सशक्तीकरण गर्नुका साथै सौन्दर्य कलामा निपुण बनाई आत्मनिर्भर बनाउन महिला व्यवसायी प्रशिक्षणको आरम्भ गरेको पाठकले बताइन् । यहाँ, सौन्दर्यका सबै सेवा प्रदान गरिने छ । पछिल्लो समय नेपालमा सौन्दर्य व्यवसाय क्षेत्र फराकिलो बन्दै गइरहेको छ भने आर्थिक हिसाबले पनि सौन्दर्य व्यवसायमार्फत महिलाहरू सशक्त हुँदै गएका छन् ।
हामीसँग दुई थरीका उत्पादन छन् । एउटा सुगन्धित तेल (अन्य उत्पादनका लागि इन्पुटका रूपमा काम गर्छ) र अर्को उपभोग्य उत्पादन (सञ्चो, सञ्चो बाम, हिमालयन मसाज आयल, प्रोसेस्ड सिलाजित आदि) छन् । हाम्रा यी सबै उत्पादन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुगिरहेका छन् ।