परिपक्व सम्बन्ध
खुल्ला प्रतिस्पर्धाबाट पहिलो पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा प्रमुख कार्यकारी निर्देशक बनेका मोहनप्रकाश चन्दको दाम्पत्य जीवन बडो रसिलो र कसिलो छ ।

बिहीबार सम्पन्न एसएलसी सम्बन्धित सौन्दर्य प्रतियोगिता ‘मिस एसएलसी नेसनल २०१६’ तथा ‘मिस्टर एसएलसी नेपाल २०१६’ प्रतियोगितामा आस्था थापा र सुप्रिन्स श्रेष्ठ आ–आफ्नो प्रतियोगिताको विजेता बन्न सफल भएका छन् । आस्थाले मिस ट्यालेन्ट अवार्ड अन्य ३९ प्रतिस्पर्धीलाई पछि पार्दै मिस एसएलसी नेसनल २०१६ को ताज पहिरिएकी हुन् । यसैगरी सुप्रिन्सले भने मिस्टर कन्जिनियालिटी अवार्डसहित आफ्ना १५ प्रतिस्पर्धीलाई उछिनेर मिस्टर एसएलसी २०१६ को अवार्ड उचालेका हुन् । मिस नेसनलतर्फ सृष्टि कुावर पर्सनालिटी अवार्डसहित फस्ट रनर अप तथा नेन्सी गौतम सेकेन्ड रनर अप चयन भए भने मिस्टर एसएलसी नेपालतर्फ विराज सिंह कार्की म्यानेजमेन्ट च्वाइस अवार्डसहित फस्ट रनर अप तथा समिर गुरुङ सेकेन्ड रनर अप विजेता बने ।
युहान इन्टरनेसनल इभेन्टस्को आयोजना तथा रोजिन शाक्यको कोरियोग्राफी रहेको यो प्रतियोगितामा आशिका योन्जन लामा पब्लिक च्वाइस, सागरिक श्रेष्ठ भिअर च्वाइस तथा फोटोजेनिक अवार्डमा अब्बल ठहरिए । यसैगरी प्रजिना बिसुराल कन्जिनियालिटी, रश्मि राई बेस्ट वाक, सुजी महत बेस्ट स्माइल, मोनिका तामाङ म्यानेजमेन्ट च्वाइस, टेनिसा महर्जन बेस्ट स्किन तथा प्रनिता श्रेष्ठ कन्फिडेन्ट अवार्डका हकदार बने । मिस्टरतर्फ भने सिमान उदय ट्यालेन्ट तथा भिअर च्वाइस अवार्ड, सुमन थापा क्षेत्री पब्लिक च्वाइस, विवेक मानन्धर बेस्ट पर्सनालिटी अवार्डका विजेता घोषित भए । प्रतियोगितामा सागर पुलामी मगर बेस्ट वाक र विराज विष्टले फोटोजेनिक अवार्ड पाए ।