आदर्श प्रेमको नमुना जोडी
प्रेम र विवाहका भिन्नताबारे दुवैले एकसाथ भने, ‘प्रेम सम्मानित र आदर्श छ, प्रेम हुँदैमा विवाह हुनैपर्छ भन्ने छैन । प्रेम आदर्श हो भने विवाह संस्कारगत संस्था ।

शिक्षा संग्रौला निकै आकर्षक देखिन्छिन् । सानैदेखि सबैले उनलाई फोटोजेनिक छौ, ट्यालेन्ट छौ भन्थे, त्यसैले पनि आफूमा केही गर्न सक्छु भन्ने भावना आएको संग्रौला बताउँछिन् । लिटिल फ्रेस फेस–२०१४ की विजेता शिक्षा लिटिल क्विन विराटनगर–२००७ तथा लिटिल क्विन नेपाल २००७ की विजेता हुन् । र्याम्प मोडलिङमा स्थापित हुने क्रममा रहेकी शिक्षाको सानैदेखिको सपना छ, मिस नेपाल हुने । उनको जिउडाल तथा उचाइ हेर्दा अन्तर्राष्ट्रिय मोडलको जस्तै छ । शिक्षाले अभिनय गरेको पानी पर्यो गीतको म्युजिक भिडियो धेरैले रुचाएका छन् । कतै जाँदा त्यही गीत गाएर सुनाउँदा उनी दंग पर्छिन् । उनी जति सुन्दर छिन्, उनको आवाज त्यति नै मीठो छ । शिक्षाले विभिन्न विज्ञापन तथा डकुमेन्ट्रीहरूमा स्वर दिइरहेकी छिन् । उनको स्वरमा बोल्डनेस छ र जस्तोसुकै आवाज निकाल्न सक्ने खुबी पनि छ । झापाकी शिक्षा विराटनगरमा हुर्किएकी हुन् । उच्च शिक्षाका लागि काठमाडौं आएकी संग्रौला कलेजको समय सदुपयोग गरी मोडलिङ र भ्वाइस ओभरमा समय दिइरहेकी छिन् जसले गर्दा उनलाई पकेट मनीको खाँचो छैन । शिक्षा स्नातक पूरा गरेपछि चलचित्रमा देखिन चाहन्छिन् । उनले तीन दर्जनजति विज्ञापनमा आफ्नो स्वर दिइसकेकी छिन् । प्राय: भारतीय विज्ञापनमा उनकै नेपाली स्वर सुन्न पाइन्छ । बालकदेखि हरेक उमेरको स्वर दिनसक्ने शिक्षा बाल्यावस्थामा सबैको क्यारिकेचर गर्थिन् । उनी बलिउड, हलिउडमा जस्तै मोडलिङमा मात्र लागेर जीवन धान्न कठिन हुने भएकाले पनि मल्टी सेक्टरमा काम गर्नुपर्ने बताउँछिन् ।
फेसन : मोडल हुँदैमा फेसन ट्रेडअनुरूप नै हिँड्नुपर्छ भन्ने लाग्दैन । म आफ्नो सजिलो र आफूलाई कस्तो देखिएको छ भन्ने कुरा ध्यानमा राखेर पहिरन च्वाइस गर्छु ।
फिटनेसका लागि : हरेक दिन जिम जान्छु, कार्डियो गर्छु ।
स्किन तथा हेयर केयर : दिनभरि मेकअपमा हुने भएका कारण राति क्लिन्जिङ नगरी कहिल्यै सुत्दिन । मोइस्चराइजर मज्जाले प्रयोग गर्छु । समय–समयमा ट्रिटमेन्ट तथा फेसियल गराइरहन्छु । केशका लागि नियमित हेयर स्पा गराउँछु ।
मेकअप आर्टिस्ट : सुमन लामा
फेसन डिजाइनर : मनीष राई तथा शुभेच्छा भँडेल
प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ
तस्बिर : महेश प्रधान
मेकअप तथा हेयर स्टाइल : लक्की श्रेष्ठ महत, पल्स ब्युटिपार्लर, इन्द्रचोक
पहिरन : मनीष राई
लोकेसन : थानकोट पार्क