साथी–सहयात्री
परिवार, इष्टमित्र–आफन्त गरी ९५ प्रतिशतले उनीहरूको विवाह अस्वीकार गरेका थिए । तर, विवाहपछि दुवैले थप स्वतन्त्रता महसुस गरेका छन् ।
बालबालिकासँग सम्बन्धित प्रतियोगितात्मक कार्यक्रम ‘बागमती लिटिल स्टार–२०१६’ का सहभागीहरूले गएको शनिबार मिस ट्यालेन्ट अवार्डका लागि ट्यालेन्ट राउन्डमा प्रतिस्पर्धा गरेका छन् । ६ देखि १२ वर्ष उमेर समूहका १५ जना बालबालिका सहभागी रहेको उक्त प्रतियोगिता द श्रीराज इन्टरटेनमेन्टले आयोजना गरेको हो । यो प्रतियोगिताको दोस्रो संस्करण हो । विपना थापाको कोरियोग्राफीमा सञ्चालित उक्त प्रतियोगिताका सहभागीहरूले ‘ट्यालेन्ट राउन्ड’ अन्र्तगत अधिकांशले नृत्य तथा केहीले वक्तृत्वकला एवं गायन क्षमता प्रस्तुत गरेका थिए । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा भने रामशाहपथस्थित योगम्बर ब्यांक्वेटमा आगामी जेष्ठ २२ गते सम्पन्न हुनेछ ।