फेसन शिक्षाप्रति बढ्दो आकर्षण
मैले बुझेअनुसार अन्य संकाय (फ्याकल्टी) पढेर पनि फेसन शिक्षा पढ्न आउनेहरू छन् । यो शिक्षाको बजार बिस्तारित हुँदै गएको छ ।

मानव जीवनमा प्रमाणपत्रको महत्वपूर्ण स्थान छ । बलियो प्रमाणका रूपमा प्रयोगमा आउने यस्ता प्रमाणपत्रहरू तयार पार्दा केही कुरामा ध्यान पुर्याउनुपर्छ ।
जन्मदर्ता प्रमाणपत्र
स्कूल भर्ना तथा जागिरका लागि ।
आवश्यक परेका बेला आफ्नो उमेर प्रमाणित गर्न ।
सामाजिक सुरक्षाको तौरतरिका मिलाउन जस्तो कि हेल्थ इन्स्योरेन्स आदि ।
पासपोर्ट बनाउँदा ।
ग्रिन कार्डका लागि आवेदन दिनुपर्दा ।
सर्टिफाइड डकुमेन्ट्स जस्तै ड्राइभिङ लाइसेन्स, भोटर्स आइडी, विवाह दर्ता आदि तयार गर्दा ।
कसरी बनाउने ?
शिशुको जन्मपछि मेडिकल अफिसर वा इन्चार्जद्वारा फर्म लिएर भर्नुपर्छ । उक्त फर्म लिएर नगरपालिका जानुपर्छ । २१ दिनभित्र सर्टिफिकेट रजिस्टर नगरे प्रहरीको प्रमाणीकरणपछि मात्र जन्मदर्ता प्रमाणपत्र पाइन्छ ।
नगरपालिकाबाट ७ देखि १५ दिनभित्र प्रमाणपत्र प्राप्त हुन्छ । कथंकदाचित् प्रमाणपत्र हराए जहाँबाट लिइएको हो त्यहीँ आवेदन दिनुपर्छ ।
जातीय प्रमाणपत्र
हाम्रो मुलुकमा समानतालाई बढावा दिने उद्देश्यले केही विशेष समुदायलाई जातीय प्रमाणपत्रका आधारमा सहुलियत प्रदान गर्न थालिएको छ ।
कहिले जरुरी पर्छ ?
सरकारी जागिरमा ।
आरक्षणको लाभ उठाउन ।
स्कूल–कलेजमा पूरै वा आधा शुल्क छुटका लागि ।
कसरी बनाउने ?
अहिले यस्तो प्रमाणपत्र अनलाइनमार्फत पनि बनाउन सकिन्छ । गाविस वा नगरपालिका यसका आधिकारिक निकाय हुन् ।
गाविस वा नगरपालिकामा आफ्नो व्यक्तिगत र बसोबास खुल्ने गरी सम्पूर्ण विवरणसहितको आवेदन दिनुपर्छ ।
मृत्युदर्ता प्रमाणपत्र
मृत्युदर्ता प्रमाणपत्र मृतकको सबैभन्दा नजिकको आफन्तलाई दिइने प्रमाणपत्र हो जसमा मृत्यु भएको मिति, तथ्य वा कारण, उमेर आदि समावेश गरिन्छ ।
कहिले पर्छ आवश्यक ?
सामाजिक तथा कानुनी आधिकारिकता आदि जिम्मेवारीबाट मुक्त गराउन ।
जायजेथा हस्तान्तरण गर्न ।
बिमाको फाइदा लिन ।
कसरी बनाउने ?
अस्पतालमा मृत्यु भएको भए अस्पतालले नै मृत्युदर्ता प्रमाणपत्र बनाइदिन्छ ।
घरमै मृत्यु भएको खण्डमा २१ दिनभित्र गाविस वा नगरपालिकामा सूचना दिनुपर्छ ।
२१ दिनभित्र सूचना दिन नसकिए एरिया रजिस्ट्रारको अनुमतिमा विलम्ब हर्जाना तिरी मृत्युदर्ता प्रमाणपत्र लिन सकिन्छ ।
विवाह दर्ता प्रमाणपत्र
हाम्रो मुलुकमा विवाह तब मात्र मान्य र आधिकारिक हुन्छ जब विवाह दर्ता प्रमाणपत्र हातमा पर्छ ।
कहिले जरुरत पर्छ ?
विवाहका सम्बन्धमा कानुनी मान्यता स्थापित गर्न ।
थर परिवर्तन गर्न ।
पासपोर्ट बनाउन ।
प्यान कार्ड, पासपोर्ट, बैंक खाता, भोटर्स आइडी, फाइनेन्सियल डकुमेन्ट्स, सम्पत्ति प्रमाणपत्र आदि बदल्न वा अपडेट गर्न ।
कसरी बनाउने ?
विवाह भएको १ महिनाभित्र विवाह दर्ता प्रमाणपत्रका लागि आवेदन दिनुपर्छ । आफ्ना अभिभावक वा साक्षीका साथ नवविवाहित जोडी गाविस वा नगरपालिकामा उपस्थित हुनुपर्छ ।
व्यस्ततावश एक महिनाभित्र विवाह दर्ता गर्न नसक्नेले क्षमादानका साथ विवाहको ५ वर्षभित्र गाविस अथवा नगरपालिकाको सम्पूर्ण प्रक्रिया पूरा गरी काम गर्नुपर्छ ।
यसका लागि श्रीमान्–श्रीमती दुवैको जन्ममिति, ठेगाना, पासपोर्ट साइजको तस्बिर, विवाहको तस्बिर वा विवाहको निमन्त्रणा कार्ड प्रमाणका रूपमा पेस गर्नुपर्छ ।
निवेदन दिएको हप्ता दिनभित्र विवाह दर्ता प्रमाणपत्र प्राप्त गर्न सकिन्छ ।