छठ पर्व सम्पन्न
बिहान उदाउँदो सूर्यको अर्घ्य दिँदै छठ पर्वको विधिवत समापन गरिएको छ । जलासय किनारमा पूजासामग्रीसहित ब्रतालुले आदिदेव सूर्यको अर्घ्य दिएपछि छठ सम्पन्न भएको हो ।

तस्विर : नवराज वाग्ले
घरपालुवा जनावरमा बढी मात्रामा रौं झर्नु ठूलो समस्या बनेको पाइन्छ । खासगरी लामा रौं हुने घरपालुवामा यो समस्या अझ बढी देखिन्छ ।
सामान्यत: घरपालुवामा वर्षको एकपटक रौं परिवर्तन हुने, नयाँ रौं आउने र पुराना रौं झर्ने क्रम सामान्य मानिन्छ । कुनै–कुनैमा वर्षको दुई पटक पनि यो क्रम देखिन्छ जुन सामान्य हुन्छ तर बढी मात्रामा वर्षैभरि रौं झर्नुलाई भने कुनै रोग अथवा शरीरमा कुनै तत्वको कमीको संकेतका रूपमा लिइन्छ ।
किन झर्छ रौं ?
घरपालुवामा बढी रौं झर्नुलाई छालाको समस्याका साथै गम्भीर किसिमका रोगहरूको संकेत पनि मान्न सकिन्छ । ब्याक्टेरिया, एलर्जी, किर्ना, उपियाँ, पायोर्डमा, मेन्ज, माइटस आदि भएको अवस्थामा तथा कुनै–कुनै घरपालुवामा थाइराइड ग्लान्डले हार्माेन उत्पादन गर्न नसकेपछि रौं झर्ने समस्या देखिन्छ । किड्नी एवं लिभरको समस्या तथा बच्चा जन्माउने बेलामा पनि यस्तो समस्या देखा पर्न सक्छ ।
कसरी समाधान गर्ने ?
सामान्यत: घरपालुवाको जातअनुसार सबैजसोको पुरानो तथा बिग्रिएको रौं झर्छ तर अत्यधिक मात्रामा रौं झर्नु कुनै समस्याको संकेत हुनसक्छ तसर्थ छालामा कुनै समस्या देखिए पशु चिकित्सकसँग सल्लाह लिनुपर्छ ।
–घरपालुवाको भोजनमा कार्बाेहाइड्रेड, प्रोटिन, फाइवर, भिटामिन, मिनरल तथा खनिज तत्व समावेश गर्नुपर्छ ।
–रौं दिनहँु ब्रसले कोरिदिनुपर्छ ।
–घरपालुवालाई धेरै नुहाइदिनु हुँदैन, महिनामा एकपटक नुहाइदिए पुग्छ ।
–मानिसले प्रयोग गर्ने साबुन, स्याम्पु आदि प्रयोग गर्नुहुँदैन ।
–किर्ना, उपियाँको उपचार गराइरहनुपर्छ ।
–ओमेगा–३, ओमेगा–६ फ्याटी एसिडले रौं तथा छालासम्बन्धी समस्यामा सहयोग पुर्याउँछ ।
–डा. शरद सिंह यादव
एडभान्स पेट हस्पिटल एन्ड रिसर्च सेन्टर
विशालनगर