मर्मभित्र मदन
‘मेरी धर्मपत्नी यशोदा नभएको भए म आज यो स्थानमा हुँदैनथें । जीवनमा जे–जति गर्न सकें उनकै प्रेम, साथ, सहयोग र प्रेरणाले सम्भव भएको हो’ उनले भने, ‘यशोदाको स्वर्गारोहणपछिका पाँचवर्षयता म अधूरो र अपूरो छु ।’

जीवनशैलीमा आएको परिवर्तनका कारण हिजोआज धेरैजसोले पिठ्युँमा पीडा भएको गुनासो गर्छन् । यस्तो पीडासँग विभिन्न धारणा जोडिएको पाइन्छ । पिठ्युँको पीडा तथा अस्टियोपोरोसिसजस्ता समस्यासँग जोडिएका थुप्रै गलत धारणा छन् ।
मिथक : अस्टियोपोरोसिस (हड्डी कमजोर हुनु) बढ्दो उमेरको परिणाम हो ।
सत्य : अस्टियोपोरोसिस र उमेरबीच कुनै सम्बन्ध हुँदैन । उमेर रिस्क फ्याक्टर मात्र हो । हड्डीको बोनम्यारो सामान्यभन्दा कम भएको अवस्थामा अस्टियोपोरोसिस हुन्छ । यो रोग हड्डीलाई सुरक्षित राख्ने एस्ट्रोजन हार्मोनको कमी भए युवावस्थामा पनि लाग्न सक्छ ।
मिथक : महिलाहरू मात्र अस्टियोपोरोसिसको सिकार हुन्छन् ।
सत्य : भारतमा गरिएको एक अध्ययनमा अस्टियोपोरोसिसबाट महिला तथा पुरुष दुवै उत्तिकै पीडित भएको पाइएको थियो ।
मिथक : लामो समयसम्म क्याल्सियमको गोली सेवन गरे किड्नीमा स्टोन हुन्छ ।
सत्य : यो कुरा वैज्ञानिक रूपमा प्रमाणित भएको छैन ।
मिथक : कम्मर दुखेको बेला बेड रेस्ट गर्नु आवश्यक छ ।
सत्य : अध्ययनअनुसार बेड रेस्टले हड्डी तथा मसल्सलाई कमजोर बनाउँछ । बिरामीले धेरै पीडा भएर बस्न तथा उठ्न नसक्ने भए मात्र चिकित्सकको सल्लाहमा ३–४ दिन बेड रेस्ट गर्नुपर्छ ।
मिथक : क्याल्सियम कम भए अस्टियोपोरोसिस हुन्छ ।
सत्य : क्याल्सियमको कमीले हड्डी कमजोर त हुन्छ तर यो अस्टियोपोरोसिस हुनुको एक मात्र कारण भने होइन । बढी शारीरिक अभ्यास गर्नु तथा महिनावारी अनियमित हुनु पनि यसको कारण हुनसक्छ ।
मिथक : औषधि सेवन नगरी कम्मर दुखेको ठीक हुँदैन ।
सत्य : कम्मरको पीडा पनि रुघाखोकी लागेजस्तै हो । कतिपय अवस्थामा आराम गर्दा यो आफैं ठीक हुन्छ । यद्यपि धेरै पीडा भए चिकित्सकको सल्लाह लिनुपर्छ ।