अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/miscellaneous/Sujal-Bam--1--22112022050923.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/miscellaneous/Sujal-Bam--1--22112022050923.jpg&w=1000&height=600)
लैंगिक संबेदनशीलताका बिषयमा सञ्चारकर्मी सजग र सचेत हुन जरुरी छ ।
पुर्व सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालले पत्रकारिता क्षेत्रमा महिलाका निम्ति निक्कै ठुला चुनौतीहरु रहेको बताएका छन् । धुलिखेलमा आयोजित पत्रकारितामा लैंगिंक संबेदनशीलता बृद्धि नामक कार्यशाला तथा तालिममा रिजालले छापा, श्रब्य र दृश्यमा महिलाका बिषयमा लेखिने र देखिने सुचना र समाचारमाथि अन्तरक्रिया गर्दै नेपाली सञ्चारमाध्यममा महिलाका बिषय र त्यसमाथि जोडिएर प्रकाशित हुने समाचारहरु कहिकतै अतिरञ्जित ढंगले ब्याख्या गरिएका समेत हुने बताएका छन् । मलाइ केही फरक नपर्ला तर एउटी महिलालाइ त्यसको असर कस्तो पर्छ ? त्यसले निम्त्याउने परिणामबारे हामी सञ्चारकर्मी सचेत हुनैपर्छ,–आफ्नै उदाहरण दिदै डा. रिजालले भने–यदि नेपालको पत्रकारिता क्षेत्रमा लैंगिक संबेदनशीलता अपनाउने हो भने आजै देखी यस्ता बिषयमा हामी सञ्चारकर्मी सजग र सचेत हुनु जरुरी छ । प्रमाणका आधारमा क्रस कटिंग गरी समाचार लेख्नुपर्छ जसले यसको बिश्वसनियता र संबेदनशीलता मर्दैन् ।
त्यति मात्रै नभइ सञ्चारमाध्यममा कार्यरत पत्रकार महिलाहरुले ठुलो चुनौती सामना गर्न पररहेको र त्यसको न्युनीकरणका लागी समाज, सञ्चारमाध्यम, सम्पादक तथा समाचार संकलन र संप्रेषण गर्ने पत्रकार स्वयं पनि सजग हुनु जरुरी रहेको उनको धारण थियो ।
पत्रकारितामा लैंगिंक संबेदनशीलता बृद्धि नामक तालिम तथा कार्यशालामा आत्मरक्षा, लैंगिक मुद्धा र महिलाबाद, लैंगिक दृष्टिकोणबाट गरिने फोटोपत्रकारिता, लिंगका आधारमा दन्द्धको असर, अनलाइन पत्रकारिता लगायतका बिषयमा माथि बिशेषज्ञहरुले तालिम दिएका थिए । प्रशिक्षकहरुमा सञ्चारकर्मी तथा लैंगिक बिश्लेषक आरती चटौत, फोटोपत्रकार श्रुती श्रेष्ठ, मार्शल आर्टका धिरेन बहादुर बिष्ट, बिश्लेषक बिश्वरमण न्यौपाने तथा अनलाइनका आइटी प्रशिक्षक रजत प्रधान र प्रबेश भट्टले प्रशिक्षण दिएका थिए । पत्रिका, रेडियो, टेलिभिजन र अनलाइनका करिब चालीस जना पत्रकारहरुले भाग लिएको उक्त तालिम तथा कार्यशालाको आयोजक संस्था ग्लोबल विंग्सका निर्देशक मोहित वडुले आत्मरक्षाको ज्ञान महिला हिंसा अन्त्य लागी अत्यावश्यक अस्त्र भएकाले आफुहरुले इयर होस्टेज तालिमका अलावा महिलाका लागी आत्मारक्षा तरिका लगायत कक्षा पत्रकारितामा लैंगिंक संबेदनशीलता बृद्धि सञ्चालन गरिरहेको बताए । तालिममा सहभागीहरुले यस्ता ज्ञान आफुहरुका लागी अत्यावश्यक भएको र आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना हुनुपर्नेमा जोड दिए ।