‘खेलकुदमा पनि सिइओ हुन्छ भन्ने प्रश्न गर्छन्’
खेलकुदमा नै करिअर बनाउने हुटहुटीले अगाडि बढेकी उनी भलिबललाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने र महिला खेलाडीलाई सशक्तीकरण गर्ने अभियानमा होमिएकी छन् ।

आउटलेट : कपन, मिलनचोक
विशेषता : हरेक मौसम तथा पर्वका लागि चाहिने सबै प्रकारका परिधानका लागि उपयुक्त ।
न्यू फेसन बुटिककी अर्चना श्रेष्ठ भन्छिन्–मौसमअनुसार परिधान छनोट गर्नुपर्छ । गर्मी महिनामा हलुका रंगका हलुका फेब्रिक प्रयोग गर्नुपर्छ भने जाडो महिनामा गाढा तथा हेभी फेब्रिक प्रयोगमा ल्याउनुपर्छ । कपनस्थित यो बुटिक निकै लोकप्रिय छ । यहाँ मौसम सुहाउँदा तथा समयअनुसार सबै खालका परिधान उपलब्ध छन् । यहाँ १६ वर्षदेखि ४० वर्षसम्मका महिलाहरू सामान खरिद गर्न आउँछन् । समय–समयमा सेल लगाइने यो बुटिकमा भनेअनुसारका परिधान उपलब्ध गराइन्छ । यहाँ शारीरिक संरचनाअनुसार कस्तो परिधान सुहाउँछ सल्लाह दिँदै त्यसैअनुरूप परिधान तयार गरिन्छ ।