महिला सशक्तीकरणमा अर्जुन
नेपालमा कुटनीतिज्ञमध्येका एक हुन्– डा.अर्जुन कार्की । संखुवासभा खाँदबारीमा जन्मिएका कार्कीको बाल्यकाल महिला पात्रको सेरोफेरोमै बित्यो । मावली हजुरआमा, आमा र बहिनीहरूका माझ हुर्किएका उनको जीवनमा नारी शक्तिको बलियो प्रभाव छ ।

के कारणले छाला सुख्खा हुन्छ ?
सन्तुलित भोजनको कमी एवं भिटामिन ए तथा बीको अभावका कारण छाला सुख्खा हुन्छ । सुख्खा छालाबाट राहत प्राप्त गर्न सन्तुलित भोजन गर्नुपर्छ । बढी सोडा भएको साबुनले पनि छालालाई सुख्खा बनाउँछ । साबुनमा भएको अल्कालाइनले छालाको तेल नष्ट गर्छ ।
छाला सुख्खा भए त्यसको हेरचाह कसरी गर्ने ?
जाडो महिनामा साबुनको प्रयोग पटक्कै नगर्ने । अनुहारमा मोस्चराइजरको प्रयोग नियमित रूपमा गर्ने । एसीबाट सकेसम्म टाढा बस्ने ।
अनुहार सुख्खा भएको कसरी पत्ता लगाउने ?
गालाको भाग तथा मुखको वरिपरि सुख्खापन देखा पर्छ । अनुहार चिलाउनु सुख्खापनको पहिलो चरण हो । कुर्कुच्चा कडा भएको महसुस हुन्छ भने संक्रमणजस्तो अनुभव गर्न सकिन्छ ।
अनुहारको सुख्खापन हटाउन कस्तो फेसवास वा साबुन प्रयोग गर्नुपर्छ ?
अनुहारको सुख्खापन हटाउन मोस्चराइजरयुक्त साबुन प्रयोग गर्नुपर्छ ।
सुख्खा छालाका कारण के–कस्ता समस्या उत्पन्न हुनसक्छन् ?
सुख्खा छालालाई बेवास्ता गर्दा अनुहारमा चाउरी देखिन सक्छ । सुख्खा छालामा मेकअप पनि भनेजस्तो खुल्दैन ।