‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।
अमेजन इन्टरटेन्मेन्टको आयोजनामा भदौ २६ गते ‘तीज उत्पस’ तथा तीज क्विन नेपाल सम्पन्न भएको छ । हरितालिका तीजको पूर्वसन्ध्यामा आयोजित उक्त कार्यक्रममा मौनता तामाङले शीर्ष उपाधि हात पारिन् भने शीतल अधिकारी फस्ट रनर अप, शर्मिला कोइराला सेकेन्ड रनर अप र शिलु पोखरेल वि.के. थर्ड रनर अप भएका थिए । कुल चौध प्रतियोगी रहेको कार्यक्रममा हिमानी सुब्बाको कोरियोग्राफी रहेको थियो
विविध मनोरञ्जनात्मक सांगीतिक कार्यक्रमसमेत रहेको तीज उत्सवमा गायक–गयिकाहरू सीमा संग्रौला शशि रावल तथा प्रदेश थाम्सुहाङको प्रस्तुति रहेको थियो भने नायिका एनी कुँवरलगायत अन्य कलाकारहरूको नृत्य रहेको थियो । आकर्षक फेसन शो रहेको उक्त कार्यक्रममा पहिलो पटक नौ वटा ब्युटी पेजेन्ट विजेताको एकसाथ स्टेजको प्रस्तुति रहेको थियो । शो टपरका रूपमा हिमानी सुब्बा तीज गीतमा नाचगान तथा दर खाने कार्यक्रम अन्य आर्कषण रहेको थियो ।