Successfully Copied

भूकम्पप्रतिरोधात्मक घर

यो स्थानीय निर्माण सामग्रीहरू (ढुङ्गा, काँचो तथा पाकेको इँटा, माटोको मसला, काठको दलिन, फल्याक, चौकोस, काठ वा बाँसको ट्रस, झिँगटी, स्लेट, फुस आदि) को स्थानमा माटो, कंक्रिटको दलिन, सिमेन्ट, फल्याक, कंक्रिट रिङ, कंक्रिट टायलजस्ता निश्चित नापका स्थानीय निर्माण सामग्रीहरू प्रयोग गरी बलियो तथा

सहिदी श्रेष्ठ जोशी, आर्किटेक्ट

भूकम्पपछि अहिले अब कसरी नयाँ बस्ती बसाल्ने भन्ने तनाव छ भने भूकम्पप्रतिरोधात्मक तथा कम बजेटमा कस्तो घर बनाउन सकिन्छ भन्ने चिन्ता आमपीडितहरूमा छ । यस्तो बेला इन्टरलक इँटाको घर पनि राम्रो विकल्प हुनसक्छ । थाइल्यान्डमा सुनामी जाँदा सुनामी पीडितहरूका लागि यस्तै इन्टरलक इँटाका घर बनाइएका थिए । हेबस्टेट केन्द्र, ए आइए टी कन्सलिङ, ए आइटी थाइल्यान्डले हाम्रै गाउँघरमा निर्माण गरिने प्रविधिमा सुधार गरी बलियो तथा भूकम्पबाट सुरक्षित घर निर्माण गर्ने प्रविधि हेविटेड भवन निर्माण प्रविधिको विकास गरेको हो ।

हेविटेड भवन निर्माण प्रविधि

यो स्थानीय निर्माण सामग्रीहरू (ढुङ्गा, काँचो तथा पाकेको इँटा, माटोको मसला, काठको दलिन, फल्याक, चौकोस, काठ वा बाँसको ट्रस, झिँगटी, स्लेट, फुस आदि) को स्थानमा माटो, कंक्रिटको दलिन, सिमेन्ट, फल्याक, कंक्रिट रिङ, कंक्रिट टायलजस्ता निश्चित नापका स्थानीय निर्माण सामग्रीहरू प्रयोग गरी बलियो तथा भूकम्पबाट सुरक्षित घर निर्माण प्रविधि हो । 

सिमेन्टको पिल्लर घरजस्तै यो घरको आयु ५० वर्ष हुन्छ र यस्ता घरहरू घामपानी प्रुफ छन् । घरको जगमा पाकेका इँटा वा ढुंगा राखिन्छ । यो घर दुई तल्लासम्म बनाउन मिल्छ । यी घरहरू आवास विकास एवं दाता सम्मेलनबाट स्वीकृति प्राप्त नमुना घर हुन् । दुईवटा कोठा तथा एउटा भान्सा भएको यस्तो घर ३ लाखसम्ममा तयार हुन्छ ।

इन्टरलक इँटाको घर बनाउँदा १० एमएमको डण्डीलाई डीबीसी लेबलमा झ्यालमुनि र माथि २–२ लेयर, टाइ बिमको लेबलमा २ गरी ८ वटा लेयरमा टाइ हुने गरी बन्ने हुँदा अन्य साधारण घरहरू भन्दा बलियो मात्र हुँदैन ३० प्रतिशत सस्तो पनि पर्छ । यसमा ढलान गर्नु पर्दैन, प्लास्टर पनि एक कोट मात्र लगाउँदा पुग्छ । यो घर ३ जना ज्यामीले १ सातामै तयार गर्न सक्छन् । 

भूकम्पबाट खोकना, बुङमतीजस्ता पुराना बस्तीको अस्तित्व नै मेटिएकाले त्यही लुक्स दिएर पुरानो

रूप फर्काउन हेविटेक भवन निर्माण गर्ने तयारीमा जुटेका छौं । ती बस्तीहरूमा धेरेजसो काँचो इँटाको घर भएकाले भत्किएका इँटा ल्याएर जाँच गरी त्यसलाई पुन: प्रयोग गरी इन्टरलक इँटा बनाउन पनि सकिन्छ । इन्टरलक इँटा बनाउने मेसिन चलाउन सिकेर तथा यस्ता घर निर्माण गर्न केही दिनको प्रशिक्षण लिएर आफैले आफ्नो घर तयार गर्न सकिन्छ । 

भुइँमा पोलिमिक्स फ्लोरिङ गर्ने, सिमेन्ट पर्मिङ गरेपछि आवश्यकताअनुसार आकार दिई रंगको रबर स्टाम्प ल्याएर लगाउने । यसले मार्बल, टायल लुक्स पनि दिन्छ भने सस्तो पनि पर्छ । इन्टरलक इँटाको घर साधारण इँटा र चाइनिज इँटाले बनेको घरभन्दा राम्रो र सफा देखिन्छ ।

 Image