Successfully Copied

समाचार

महिलाले अधिकार माग्दै गरे प्रदर्शन संविधानको मस्यौदामा महिला हक कुण्ठित गरिएको भन्दै गत महिना प्रदर्शनकारी महिलाहरू सडकमा सुते । मस्यौदाले आफ्नो जीवन अन्धकारमा धकेलेको उनीहरूको दुखेसो थियो । महिला मानव अधिकार सञ्जालको आयोजनामा जम्मा भएका महिला अभियन्ता तथा अधिकारकर्मीहरूले अंश र वंशको हकबाट

पत्रकार महिलाका लागि सुरक्षा निर्देर्िशका 
सञ्चारिका समूहले पत्रकार महिलाका लागि सुरक्षा निर्देशिका ल्याउने तयारी गरेको छ । गत महिना समूहद्वारा काठमाडौंमा आयोजित ‘पत्रकार महिलाको सुरक्षासम्बन्धी छलफल’ विषयक कार्यक्रममा समूहकी अध्यक्ष निर्मला शर्माले पत्रकार महिलाको सुरक्षामा सावधानी अपनाउने उद्देश्यका साथ उक्त निर्देशिका ल्याउने तयारी भैरहेको जानकारी दिइन् । निर्देशिका तयारीका लागि रत्न राज्यलक्ष्मी क्याम्पसका सह–प्राध्यापक बद्री पौड्याल, पत्रकारहरू हरिकला अधिकारी एवं भुवन केसी सम्मिलित तीन सदस्यीय टोली गठन गरिएको छ । पत्रकार महिलालाई पुरुषसरह तलब नदिने, गर्भवती र सुत्केरी अवस्थामा तलब नदिने एवं कतिपय सञ्चारमाध्यमले जागिरबाट निकाल्ने, काम गर्न सक्दैन भनेर हतोत्साहित गर्ने, रात्रि सेवामा काम गर्नेलाई घरसम्म नपुर्‍याउने, सूचना दिने स्रोतहरू पनि पुरुष नै भएकाले महिलालाई सूचना दिन हिचकिचाउने वा सूचनामा सहयोग नगर्नेजस्ता समस्या रहेको सहभागी वक्ताहरूले बताएका थिए ।
खासगरी महिलाको पेसागत, व्यावसायिक एवं भौतिक सुरक्षाकै कमीका कारण धेरै पत्रकार महिला पेसाबाट पलायन भैरहेको तथा विदेश भ्रमण र तालिमजस्ता महत्वपूर्ण अवसरमा महिलालाई सहभागी नगराउनेजस्ता समस्या रहेको पत्रकार महिलाहरूको भनाइ छ ।

 महिला अधिकार सुनिश्चित हुनुपर्ने माग 

महिलामैत्री संविधानका लागि साझा अभियानले गत महिना महिलाका विभिन्न अधिकार सुनिश्चित हुनुपर्ने माग गर्‍यो । महिला अधिकारका क्षेत्रमा कार्यरत करिब एक दर्जन संघसंस्थाको साझा अभियानले संविधानमा महिला अधिकार सुनिश्चित गर्न देशव्यापी रूपमा दबाबस्वरूप सडक बहस, धर्ना, पदयात्रा, ज्ञापनपत्र बुझाउनेजस्ता विभिन्न कार्यक्रमसमेत सम्पन्न गरेको थियो । 

पितृसत्ता अन्त्य हुनुपर्ने 

गत महिना रक्षा नेपालले प्रकाशन गरेको संविधानमा समेट्नुपर्ने सुझावहरूको संगालो पुस्तिका ‘पितृसत्ता कायम रहेसम्म राजसत्ता कायमै’ विमोचन गर्दै उप–सभामुख ओनसरी घर्ती मगरले १६ बँुदे सहमतिको प्रकाशमा नेपाली जनताले आफैं आफ्ना लागि संविधान बनाउने ७० वर्षको चाहना पूरा हुन लागेको भन्दै अबको संविधान अधिकतम सहमतिमा आउने दाबी गरिन् । कार्यक्रममा बोल्दै रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले नयाँ संविधानले पितृसत्तात्मक व्यवस्थाको अन्त्य गर्नुपर्ने धारणा व्यक्त गरिन् । उनले महिला तथा बालबालिकामाथि हुने अत्याचार अन्त्यका लागि संविधानमा महिला तथा बालबालिकाविरुद्ध यौन हिंसा गर्नेहरूलाई कडा सजायको व्यवस्था हुनुपर्ने माग गरिन् । 

महिलामाथि हुने हिंसा कम गर्न सीप  

महिला सञ्जाल धरान नगर समितिको गत महिना सम्पन्न दोस्रो साधारण सभामा सहभागीहरूले प्रत्येक महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए । सहभागीहरूले महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनका साथै महिलाहरूलाई सीप विकासमा लगाउन सके महिला हिंसा कम हुने कुरामा जोड दिए । समाजमा हुने विभिन्न खालका हिंसा एवं यौन दुव्र्यवहारविरुद्ध एकजुट हुन सात वर्षअघि धरानमा स्थापित महिला सञ्जालको दोस्रो साधारणसभाले शिला श्रेष्ठको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति पनि गठन गर्‍यो । २३ महिलावादी संघसंस्थाको छाता संगठन सञ्जालको साधारण सभाले उपाध्यक्षमा सविता राई, सचिवमा चेतना श्रेङ, सहसचिवमा मञ्जु भण्डारी एवं कोषाध्यक्षमा सीता मगरलाई सर्वसम्मत रूपमा चयन गरेको छ । 

 Image