Successfully Copied

खुमलटारमा आधुनिक नमुना घरहरू

मानिसको रुचि फरक-फरक हुन्छ । त्यसमा पनि मानिसहरूमा बस्ने शैली, घरहरूको रुचि आदि अनेकौं विविधता देखिन्छ ।

मानिसको रुचि फरक-फरक हुन्छ । त्यसमा पनि मानिसहरूमा बस्ने शैली, घरहरूको रुचि आदि अनेकौं विविधता  देखिन्छ । कसैलाई सानो ठाउँमा बनेका साना घर मन पर्छन् त कसैलाई ठूलो ठाउँमा बनेका ठूला घर मन पर्छन् । कसैलाई साधारण तर चिटिक्क परेका घर मन पर्छन् भने कोही अग्ला घरका फ्ल्याट नै पर्याप्त मान्छन् । यी सबै कुरा आ-आफ्नो परिवार संख्या, बजेट, परिस्थिति, सहर वा गाउँ-ठाउँ वा रहनसहन आदि धेरै कुरामा निर्भर गर्छ ।

खुमलटारमा प्लटिङ गरिएको विभिन्न क्षेत्रफलका जग्गामा विभिन्न खालका ८ वटा घर डिजाइन गरिएको छ । कोलोनीमा हुने ठूला, अग्ला र उस्तै घरको अवधारणालाई सेवारो हाउजिङको यो फरक कार्यले चुनौती दिएको छ । सबै घरको उचाइ एउटै तर फरक-फरक डिजाइन र क्षेत्रफलमा निर्माण गरिएका आकर्षक घरहरूले यो कोलोनीलाई नयाँ रूप दिएका छन् ।

यसमा साढे ३ आनादेखि ६ आनासम्म जग्गामा ३ देखि ६ वटासम्म बेडरुम हुने गरी घरहरू डिजाइन गरिएको छ जहाँ सबै घरका लागि मोटर बाटो, ढल एवं पानीको व्यवस्था छ । प्रत्येक घरको डिजाइनमा सकेसम्म वास्तु मिल्ने हिसाबले र नमिलेका ठाउँमा समाधानलाई समेत ध्यानमा राखेर भान्सा, ट्वाइलेट, पूजाकोठा, मास्टर बेड रुम, शिशुहरूको कोठा, इनार, ट्यांकी आदि सबै अत्यावश्यक निर्माण सम्पन्न गरिएको छ । एकले अर्काेलाई घाम नछेक्ने हिसाबले निर्माण गरिएका प्रत्येक घरमा क्षेत्रफल हेरेर कोठाहरू पनि त्यही अनुपातमा तयार पारिएको छ । यहाँका प्रत्येक घरमा भुइँ तल्लाको बैठक अलि ठूलो हुने गरी डिजाइन गरिएको छ । घरको भुइँ तल्लामा एउटा ट्वाइलेट, किचेन तथा डाइनिङ छ । दोस्रो तल्ला बेडरुम र फ्यामिली रुमका लागि छुट्याइएको छ । माथिल्लो तल्लामा पूजाकोठा तथा गेस्ट रुम निर्माण गरिनुका साथै लुगा धुन, सुकाउन सजिलो हुने गरी तयार पारिएको छ । प्रत्येक तल्लामा ठाउँ र आवश्यकता हेरी बाथरुम एवं ट्वाइलेट छ । प्रत्येक घरका सीमामा भने कम उचाइका पर्खाल लगाइएको छ । हरेक घरमा सानो करेसा बारी, बगैंचा र गाडी पार्क गर्ने ठाउँ पनि निकालिएको छ ।

यहाँका प्रत्येक घरको बाहिरी डिजाइन र रंगरोगन फरक-फरक छ । कुनै घर इटा रंगको छ भने कुनैमा ढुंगाको एक्सपोज, कोट प्लास्टर गरेर रंग गरिएको छ जसले गर्दा मिश्रति डिजाइन देखिन्छ । प्रत्येक घरमा प्रयोग भएका इलेक्टि्रक सामानका साथै बत्ती र झारहरूसमेत फरक-फरक छन् । इलेक्टि्रक तथा टेलिफोन लाइन पछिसम्मको आवश्यकतालाई मध्यनजर गर्दै ठाउँ-ठाउँमा प्लग तथा प्वाइन्टहरू राखिएका छन् । घरको मेरुदण्ड मानिने डण्डी मापदण्डअनुसारका प्रयोग गरिएको छ जसले भूकम्पलाई पनि ध्यानमा राखेको छ । बाहिरी स्वरूप मात्र होइन यी घरका जग, पिल्लर आदि पनि बलिया छन् ।

यी घर कुनै पनि ठाउँ खेर नजाने गरी डिजाइन गरिएको छ । यहाँ भर्‍याङको तल्लो भागसमेत प्रयोग गर्न सकिन्छ जहाँ सजावटका सामान अथवा एक्वेरियम राखिएका छन् । भर्‍याङका खुड्किला एवं प्रत्येक कोठाका भुइँमा स्तरीय नेमोपार्केट गरिएको छ । प्रत्येक घरका भर्‍याङ वास्तुका हिसाबले घडी घुम्ने दिशामा घुमेका छन् । यी सेवारो घर विभिन्न रुचि भएका मानिसहरूको चाहना पूर्ति गर्ने नमुना घर हुन् ।

सुष्मा खत्री रञ्जित, इन्जिनियर

 Image