‘क्षमता र धैर्य भए महिलाका लागि अवसरै–अवसर’
लामो समयदेखि मोडलिङ क्षेक्रमा सत्रिय धादिङकी शिला गजुरेलले डेढ सयभन्दा बढी म्युजिक भिडियो तथा कमर्सियल विज्ञापनमा अभिनय गरिसकेकी छिन् ।
मेरो आशा ः राम्रो नेपाल।
मेरो चाहना ः धेरै प्रगति गर्नु।
मेरो उद्देश्य ः परिवर्तनशील युवा।
मेरो बलियो पक्ष ः मेहनत र दृढता।
मेरो उपलब्धि ः नेपालीहरूको माया।
मेरो संसार ः मेरो काम।
मेरो कमजोरी ः काम नगर्नेहरू मन पर्दैनन् त्यसले छिट्टै रिस उठ्छ।
मेरो भरोसा ः मेरो श्रीमान्।
मेरो प्रेम ः मेरो जीवनसाथी।
मेरो श्रीमान् ः मिल्ने साथी।
मेरो जीवन ः उतारचढाव, सधैं मेहनत गर्नुपर्ने, अरूले सोचेजस्तो छिट्टै उपलब्धि हासिल नहुने। म लड्दै जान्छु तर जहिले पनि उठेर अघि बढ्ने प्रयास गर्दै जीवनलाई अघि बढाउँछु।