दराजमा महिला
नेपालको ‘अनलाइन’ बजारमा ‘दराज’ कम्पनी चार वर्षयता सञ्चालनमा छ । ‘अनलाइन सपिङ’ गर्नेहरूका लागि यो कम्पनी राम्रो प्लेटफर्म बनेको छ । ग्राहकहरूको आवश्यकतानुसार कम्पनीले आफ्नो बजार विस्तार गर्दै लगेको छ ।
विष्णुकला राईको संघर्ष प्रस्तुत चित्रले वर्णन गर्छ। एक सफल व्यवसायीका रूपमा स्थापित हुने सपना बोकेकी विष्णुकलाको दिन बिहान ४ बजे प्रारम्भ हुन्छ। उनले हाम्रा हरेक चाडपर्वमा चाहिने विभिन्न मिठाईं उत्पादन गरी त्यसको व्यवसायीकरण गरेकी छिन्। उनको दिन कोसेली सेल उद्योग तथा हाङ सेकुवा कर्नरमा बित्छ। उनको परिश्रमले अहिले कोसेली सेलको व्यापार मात्र उच्च भएको छैन यसले राम्रै लोकपि्रयता पनि हासिल गरेको छ।






