३३ वर्षे यात्रा गाथा
सम्बन्धलाई तरोताजा र फ्रेस राख्न आज पनि यो जोडी घरपरिवार, आमाबुवा, सासू–ससुरा, छोराछोरी कसैलाई थाहै नदिई सुटुक्क यात्रामा त कहिले मुभी हेर्न निस्कन्छ ।

- हिजोआज बजारमा मिरर वर्क, रेशम कढाइ, डोरी वर्क, चिकन वर्क, स्टोन वर्क आदि गरिएका कुसन उपलब्ध छन्।
- क्रोसिया वर्क भएको कुसन सुन्दर देखिन्छ। यो गर्मी र जाडोको हिसाबबाट बनाइन्छ। गर्मीमा जहाँ सेतो पातलो धागोबाट बनेका कुसनले आँखालाई आराम प्रदान गर्छ, त्यहीँ पातलो ऊनबाट बनेको कुसनले जाडोमा गर्मीको अनुभव दिलाउँछन्।
- यसैगरी चिकन वर्कका कुसनका पनि धेरै भेराइटी हुन्छन्। बजेटअनुसार हरेक प्रकारका रेन्ज र डिजाइनका कुसन बजारमा पाइन्छन्।
- चिकन वर्क आकर्षक हुन्छ। कटनका कपडामा रेशमबाट गरिएको चिकन वर्क सुन्दर देखिन्छ। क्रेपमा पनि चिकनको कढाइले रिच लुक प्रदान गर्छ।
- जर्जेटका कपडाबाट बनाइएका कुसन दैनिक प्रयोगका लागि उपयुक्त हुन्छन्। यिनमा चिकनको बेलको डिजाइनका साथमा गरिएको विडस वर्क आकर्षक देखिन्छ।
- प्याच वर्क गरिएका कुसन पनि आकर्षक हुन्छन्। एप्लिक वर्क र कट वर्कका कुसन पनि उत्तिकै सुन्दर हुन्छन्। हात्ती, फूल, मयूर, चरा वा प्याच वर्कहरू रंगेलीजस्तै देखिन्छन्।
प्रयोग यस्तो पनि ः पुरानो कुसनलाई आकर्षक गोल्डेन वा सिल्भर लेस लगाएर रिच र ट्रेन्डी बनाउन सकिन्छ।
- बनारसी साडीको बोर्डरलाई त्यसमा सिलाएर पनि ट्रेन्डी लुक प्राप्त गर्न सकिन्छ। राता, पहेंला, नीला, हरिया, प्याजी आदि गाढा चम्किला रंगका कुसनलाई भित्तामा अडेस लगाएर राखे एथनिक लुक प्राप्त हुन्छ।
- मेटल वर्क भएका कुशनलाई कोठाको कुनामा प्रयोग गरी कोठालाई सजाउन सकिन्छ। बेड वा कर्नरमा ब्राइट कलरको वा जियोमेटि्रकल डिजाइनका कुसन प्रयोग गर्नु राम्रो हुन्छ। मिरर वर्क भएका कुसन पनि उत्तिकै आकर्षक हुन्छन्।