नयाँ सेनिटरी प्याड
डा. गरिमा श्रेष्ठले ग्रामीण भेगका महिलाहरूलाई लक्षित गरेर पुन: प्रयोग गर्न सकिने सेनिटरी प्याड तयार पारेकी छिन् । यो सुलभ हुनुका साथै वातावरणमैत्री समेत छ । कपडा प्रयोग गरी निर्माण गरिएको यो सेनिटरी प्याड सुरक्षित पनि छ ।

काठमाडौंस्थित दरबारमार्गमा कासा बुटिकको तेस्रो शाखा सञ्चालनमा आएको छ । यसअघि बुटिकले काठमाडौंको गैह्रीधारा र ललितपुरको पाटनमा शाखा बिस्तार गरिसकेको छ । काठमाडौं उपत्यकाबाहिर पनि शाखा बिस्तार गर्ने योजना रहेको बुटिककी संचालिका रमिला नेमकुलले बताइन् । ‘अब पोखरा, बुटवल आदि ठाउँमा शाखा बिस्तार गर्ने योजनामा छौं’ उनले भनिन्, ‘आगामी दुई वर्षभित्र हामी अन्तर्राष्ट्रिय स्तरमा पुग्ने योजना पनि छ ।’ कासाले विशेषगरी वेस्टर्न पहिरनलाई ध्यान दिँदै फर्मल, क्याजुअल पहिरनलाई पनि प्राथमिकता दिँदै आएको छ ।