रिचार्जर एपमा थपियो आधा दर्जन नयाँ फिचर
धेरै भन्दा धेरै सेवा समेट्ने क्रममा मोबाइल एप रिचार्जरले झण्डै आधा दर्जन नयाँ फिचरहरु थप गरेको छ । साथै रिचार्जरले भ्यालेनटाइन डे को अवसर पारेर आईफोन एक्स उपहार योजना समेत सार्वजनिक गरेको छ ।
काठमाडौंस्थित दरबारमार्गमा कासा बुटिकको तेस्रो शाखा सञ्चालनमा आएको छ । यसअघि बुटिकले काठमाडौंको गैह्रीधारा र ललितपुरको पाटनमा शाखा बिस्तार गरिसकेको छ । काठमाडौं उपत्यकाबाहिर पनि शाखा बिस्तार गर्ने योजना रहेको बुटिककी संचालिका रमिला नेमकुलले बताइन् । ‘अब पोखरा, बुटवल आदि ठाउँमा शाखा बिस्तार गर्ने योजनामा छौं’ उनले भनिन्, ‘आगामी दुई वर्षभित्र हामी अन्तर्राष्ट्रिय स्तरमा पुग्ने योजना पनि छ ।’ कासाले विशेषगरी वेस्टर्न पहिरनलाई ध्यान दिँदै फर्मल, क्याजुअल पहिरनलाई पनि प्राथमिकता दिँदै आएको छ ।