Successfully Copied

हमदर्द तेल बजारमा

नेपाली बजारमा भारतीय ब्रान्ड हमदर्दको ‘हेयर केयर’ उत्पादन भित्रिएको छ । केश रुख्खा–सुख्खा, हा“गा फाटे वा बिग्रेमा यो ब्रान्डका विभिन्न ‘भेराइटी’ का तेल प्रयोग गर्न सकिन्छ ।


व्यावसायिक रूपमा महिलाहरू अघि बढिरहेको परिप्रेक्ष्यमा आकर्षक व्यक्तित्व र सुन्दरता उत्तिकै जरुरी हुन्छ । यसका लागि विभिन्न ‘स्किन’ र ‘हेयर केयर प्रडक्ट’ प्रयोग गर्नुपर्ने हुन्छ । अहिले बजारमा थरि–थरिका ब्रान्डका प्रसाधन पाइन्छन् । ती सबै गुणस्तरीय, भरपर्दा र उपयोगी नै हुन्छन् भन्ने छैन । बजारमा छ्यापछ्याप्ती पाइने प्रसाधनमध्ये राम्रो छनोट गर्नुपर्ने हुन्छ । पछिल्लो समय नेपाली बजारमा भारतीय ब्रान्ड हमदर्दको ‘हेयर केयर’ उत्पादन भित्रिएको छ । केश रुख्खा–सुख्खा, हा“गा फाटे वा बिग्रेमा यो ब्रान्डका विभिन्न ‘भेराइटी’ का तेल प्रयोग गर्न सकिन्छ ।

हमदर्द शुद्ध तेल

बजारमा उपलब्ध केशमा लगाउने विभिन्न तेलमा धेरै मात्रामा अनावश्यक खनिजहरू मिसाइएकाले ती हाम्रो छाला र केशका लागि उपयुक्त नहुन सक्छन् । ‘कोल्ड प्रेस’ विधिबाट तयार पारिएका ती तेलको प्रयोग गर्दा छाला र केशमा नराम्रो असर पर्न सक्छ । त्यसको विकल्पमा ‘हमदर्द प्योर आयल’ को प्रयोग गर्न सकिन्छ । यसमा खनिजहरूको मात्रा कम प्रयोग गरिएको हुन्छ । यो अन्य तेलको तुलनामा शुद्ध भएकाले हाम्रो केशलाई मुलायम र लहराउ“दो बनाउन सहयोग गर्नुका साथै टाउकोमा थेरापीको काम पनि गर्छ । प्राकृतिक तेलको स्रोतहरूबाट तयार पारिएको हमदर्दको तेल स्वास्थ्यमैत्री पनि भएको कम्पनीले दाबी गरेको छ ।

‘रोगन आयल’

शतप्रतिशत शुद्ध बदामबाट तयार पारिएको ‘हमदर्द रोगन आयल’ ले केशमा प्रोटिन, मिनरल्स प्रदान गर्नुका साथै केशलाई स्वस्थ र फरफराउ“दो बनाउ“छ । केशमा मसाज गर्दा वा दूधमा मिलाएर खाए पनि हरेक उमेर समूहका लागि यो फाइदाजनक रहेको दाबी कम्पनीको छ । यसको प्रयोगले कोलेस्ट्रोल व्यवस्थापन, कब्जियत घटाउने, प्रतिरोधात्मक क्षमता बढाउने गर्छ । यसमा ‘ओमेगा–थ्री’ र ‘फ्याटी एसिड’ समावेश भएकाले छालालाई मुलायम बनाउन र केशलाई आवश्यक पर्ने पोषणसमेत प्रदान गर्छ ।

 ‘ओनियन आयल’

शुद्ध प्याजबाट तयार पारिएको ‘हमदर्द ओनियन आयल’ ले केश झर्न रोक्न र केश उमार्ने काम पनि गर्छ । चायाँ परेको केशमा यसले मसाज गर्दा फाइदा गर्छ । साथै केशलाई बाक्लो बनाउन पनि यसको प्रयोग गर्न सकिन्छ ।

कलौंजी आयल

‘हमदर्द ब्ल्याक सिड’ (कलौंजी) आयलका धेरै फाइदा छन् । छालाका लागि अत्यन्त उपयोगी यो तेल रुघाखोकी, ‘एन्फ्लुएन्जा’, ‘डायरिया’, फोक्सोसम्बन्धी रोगका लागि पनि प्रभावकारी छ । केश र मसाजका लागि यसले ओखतीको काम गर्छ । यो प्राकृतिक तत्वहरूको संमिश्रणबाट तयार पारिएको छ ।

‘प्योर रोजवाटर’

हमदर्दको ‘स्किन केयर प्रडक्ट’ मध्ये लोकप्रिय ‘हमदर्द प्योर रोजवाटर’ (अर्क गुलाब) ले छालालाई कसिलो, रसिलो र तरोताजा बनाउन सहयोग गर्छ । प्राकृतिक गुलाबको फूलमा रहेको पत्रबाट बनेको यो वासनादार हुन्छ । यो छालामा मात्र नभई कुकिङ र बेकिङका लागि समेत प्रयोग गरिन्छ ।

 Image