Successfully Copied

तीज मेला भृकुटीमण्डपदेखि पाँच तारे होटलसम्म पुगेको छ-मिलु थापा

महिला सिर्जनशील केन्द्रले २० वर्षदेखि ‘तीज मेला’ आयोजना गर्दै आएको छ ।


तीज महोत्सव–२०८० ‘सिर्जनशील उद्यमी मेला’ आयोजना हुने भएको छ । महिला सिर्जनशील केन्द्रको भदौ १५ देखि १७ गतेसम्म चल्ने मेलामा यसपटक गत वर्षभन्दा विशेष आकर्षक कार्यक्रम, प्रस्तुति र स्टल रहने बताइएको छ । यस वर्षको तीज मेला  २० औं संस्करण भएकाले विशेष हुने  महिला सिर्जनशील केन्द्रकी अध्यक्ष मिलु थापा बताउँछिन् । उनीसँग मेलाको सेरोफेरोमा रहेर गरेको कुराकानी-

तीज मेला कहिलेदेखि आयोजना हुँदै आएको हो ?
महिला सिर्जनशील केन्द्रले २० वर्षदेखि ‘तीज मेला’ आयोजना गर्दै आएको छ ।  यो बर्ष भने आगामी भाद्र १५ देखी १७ गतेसम्म होटल मल्लमा सञ्चालन हुनेछ ।

यो मेला गर्नुको मुख्य उद्देश्य के हो ?
तालिम लिएका महिला दिदीबहिनीहरूले बनाएका सामग्रीलाई वर्गीकरण गरी ग्राहकसम्म पु¥याउनु नै यसको उद्देश्य हो । तीज हिन्दू नारीको महान् चाड भएकाले यतिबेला उपहार आदान–प्रदान पनि हुन्छ । हामीसँग ग्रामीण बस्तीदेखि सहरका उद्यमी हुनुहुन्छ । उहाँहरूलाई सिकाउन मेला महत्वपूर्ण छ ।


मेला अहिलेसम्म कहाँ–कहाँ हुने गरेको छ ?
यो मेला भृकुटीमण्डपदेखि पाँच तारे होटलसम्म पनि गरेका छौं । उद्यमी महिलाले खुल्ला चौरदेखि पाँच तारे होटलसम्म आउने ग्राहकबारे बुझून् भनेर हामीले फरक स्थान रोज्ने गर्छाैं । सशक्त उद्यमी महिलालाई मात्र प्लेटफर्म दिएका छैनौं । जम्मा एक सय वटा स्टलमा १० वटा स्टल निःशुल्क दिने गरेका छौं, जसमा बहिरा महिला संघ, जीवनकल्याण केन्द्रका महिलालाई पनि अवसर दिएका छौं ।

 Image