‘महिलाले राम्रै काम गरे पनि प्रशंसा कमै हुन्छ’
मुलुकको सात दशकको प्रशासनिक इतिहासमा पहिलो महिला मुख्यसचिव बनेकी लीलादेवीको ‘पोजिसन’ले सरकारी स्कुल पढेर पनि लोक सेवा उत्तीर्ण गरी उच्च पदमा पुग्न सकिन्छ भन्ने उदाहरण दिएको छ ।
मीस नेपाल २००० तथा फेसन डिजाइनर हुन्, उषा खड्गी । उनले लकडाउनको समय बिरगञ्जमा बसेर बिताइरहेकी छिन् । उनै खड्गीसित नारीकर्मी सिर्जना दुवाल श्रेष्ठले गरेको संक्षिप्त कुराकानी:
लकडाउन सकिने बित्तिकै के गर्नुहुन्छ ?
बिरगञ्जबाट काठमाडौं जान्छु । अनि बुटिक हेर्न जान्छु ।
दिनभर घर भित्रै रहादाको अनुभव कस्तो भइरहेको छ ?
सुरुको दुई साता आनन्दै भयो । सुतेरै समय बिताएा । त्यसपछि दिनहरु काट्न मुस्किल भइरहेको छ । काम, पैसाको चिन्ताले सताउन थाल्यो । क्रमश: आफ्नो मात्रै तनाव होइन भनेर चित्त बुझाइ रहेको छु ।
कुनै सिर्जनात्मक गतिविधि गर्नुभएको छैन ?
एक महिनादेखि इन्स्टाग्राम मार्फत् हरेक दिन लाइभ कार्यक्रम चलाइरहेको छु । एक घण्टाको सो कार्यक्रममा सेलिब्रेटी, मनोचिकित्सकलगायत व्यक्तिसंग अन्तरवार्ता गरिरहेको छु । १४ वर्षदेखि अन्तरवार्ताको कार्यक्रम चलाएको थिएन ।
यसलाई निरन्तरता दिने सोच बनाउनु भएको छ कि ?
कुनै टेलिभिजन च्यानलवा युट्युबमा भएपनि ‘उषाज शो’ नामक अन्तरवार्ताको कार्यक्रम चलाउने प्लान बनाएको छु । लकडाउन पछि स्टुडियो सेटअप गरेर लाइभ शो गर्ने सोच छ ।
कोरोनासाग कतिको डराउनु भयो ?
सुरुमा त एकदमै डराएा । नेपालमा एक जनालाई लाग्यो भन्नासाथ डर लाग्यो । २,३ जना हुादै गए पछि झनै डराएा । खाना खाएपनि नपचेको जस्तो, बच्चाहरुलाई हेऱ्यो कि रुन मन लाग्ने, खोकीमात्र लाग्दा पनि मर्छु कि भन्ने डर लाग्थ्यो । त्यसमा पनि बिरगञ्जमा लाग्यो भने पछि झनै डराएा । तर पछिल्लो पटक निको भएकाहरु देखेर सकरात्मक हुन थालें । डराउनु भन्दा लड्नु पर्छ भन्ने सोच आयो । त्यस पछि नेगेटिभ न्यूजहरु हेर्दै हेरिना । अहिले खासै डरै छैन ।
डराएर होइन लडेर भन्नु भयो, कोरोनासंग कसरी लड्ने त ?
राम्रो हेरचाह, ईम्युनिटी पावर छ भने निको हुने रहेछ भन्ने लाग्यो । ब्यालेन्स डाइटहरु खाएर, कागती, बेसार, तेजपत्ता, दालचिनी उमालेर खाने, एसीमा नबस्ने, फ्रीजका खानाहरु हटाएको छु । आफू शारीरिक र मानसिक रुपमा सबल भएपछि पक्कै पनि कोरोनासाग लड्न सकिन्छ होला ।
अब तपाईंको बिजनेशलाई पनि असर गर्ला नि !
पहिला जस्तो राम्रो हुन त समय लाग्ला । तर बुटिकको व्यापार भएकाले बिहे, ब्रतबन्धको सिजनमा राम्रै हुने अपेक्षा छ । पहिला भन्दा सस्तो दरमा काम गर्नुपर्ला । अनलाइन सपिङ बढी चल्ला, त्यहीं अनुसार तयारी गर्ने सोचेको छु ।
लकडाउनले केही सिकायो पनि कि ?
परिस्थिति अनुसार बााच्न सक्नुपर्ने चेतना भयो ।