‘महिलाले राम्रै काम गरे पनि प्रशंसा कमै हुन्छ’
मुलुकको सात दशकको प्रशासनिक इतिहासमा पहिलो महिला मुख्यसचिव बनेकी लीलादेवीको ‘पोजिसन’ले सरकारी स्कुल पढेर पनि लोक सेवा उत्तीर्ण गरी उच्च पदमा पुग्न सकिन्छ भन्ने उदाहरण दिएको छ ।
कुमार कसजू श्रेष्ठ /अध्यक्ष, फ्लोरिकल्चर एसोसिएसन नेपाल
फूल खेती गर्दा के कुरामा ध्यान दिनुपर्छ ?
आफूले कति लगानीमा व्यवसाय गर्ने भन्ने बारेमा विशेष ध्यान दिनुपर्छ । सँगै बजार पनि बुझ्नुपर्छ । बजारमा कस्ता फूलहरूको माग छ त्यहीअनुसारको उत्पादनतर्फ ध्यान दिनुपर्छ । फूल खेतीमा पानी महत्वपूर्ण हुने भएकाले पानीको अवस्था पनि बुझ्नुपर्ने हुन्छ ।
व्यावसायिक फूल खेतीमा महिलाको उपस्थिति कस्तो छ ?
फूल खेतीप्रति महिलाको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ । अहिले कुल व्यवसायीमध्ये ६० प्रतिशत महिला छन् । सरकारले व्यावसायिक महिलाका लागि अनुदान दिन थालेपछि फूल व्यवसाय गर्न महिलाहरू उत्साही भएका छन् ।
फूलको बजार अवस्था कस्तो छ ?
माग दिनप्रतिदिन बढ्दै गएको छ । फूलको माग पनि मौसम र चाडपर्वअनुसार हुन्छ । रोज, लाहुरे, डाहलिया, गोदावरी, जर्बेरा, पिटुनिया, हेज, कार्नेसनजस्ता फूलको माग सधै हुन्छ । नेपाली बजारमा आवश्यक मात्रामा उत्पादन हुन नसक्नुमा जमिन, जनशक्ति एवं प्रविधिको अभाव मुख्य कारण हुन् ।
व्यावसायिक तालिम कहाँबाट लिने ?
फ्लोरिकल्चर एसोसिएसनले फूल खेतीका लागि बेसिक र एडमान्स तालिम दिँदै आएको छ । व्यवसाय सुरु गर्न तालिमले सहयोग पुर्याउँछ । एसोसिएसनले देशव्यापी रूपमा तालिम सञ्चालन गर्छ । आफूलाई उपयुक्त हुने स्थानमा तालिम लिएर व्यवसाय सुरु गर्न सकिन्छ । त्यस्तै सिटिइभिटीबाट मान्यता प्राप्त संस्थाहरूबाट तालिम लिन सक्ने व्यवस्था पनि छ ।