Successfully Copied

अझै पनि विवाहअघिको मनोवैज्ञानिक परामर्शका बारेमा वकालत पुगेको छैन

परम्परागत शैलीभन्दा वैज्ञानिक पाटोलाई बुझ्ने तथा प्रेम सम्बन्धमा रहेका जोडीहरू मनोपरामर्शका लागि आउने गरेका छन् । प्रेम सम्बन्धमा रहनु एउटा पक्ष हो भने वैवाहिक सम्बन्धमा जानु अर्को महत्वपूर्ण पक्ष हो । विवाह गर्नु भनेको पारिवारिक सम्बन्धमा जानु हो, जहाँ सञ्चार, दायित्व एवं सद्भावजस्ता कुराहरूको महत्वपूर्ण भूमिका

रमा कार्की, पारिवारिक परामर्शदाता

विवाहअघि परामर्शका लागि कत्तिको आउँछन् ?

यसको खासै तथ्यांक त छैन तर विगतको तुलनामा परामर्श लिने जोडीहरूको संख्या बढिरहेको छ । त्यसमा पनि हाम्रो देशमा अझै पनि कुल बिग्रियो भनेर विभिन्न माता तथा बाबाकहाँ जानेहरूको संख्या नै बढी छ । यसको अर्थ अझै पनि विवाहअघिको मनोवैज्ञानिक परामर्शका बारेमा वकालत गरिएको छैन । त्यसका लागि हामीले विभिन्न विद्यालय, कलेज तथा समुदायमा गएर वास्तविकता एवं यसको आवश्यकता बुझाउने प्रयास गरिरहेका छौं । 

विवाहअघि परामर्श आवश्यक छ ?

हाम्रो समाजमा धेरैजसो विवाह र सम्बन्धका बारेमा थाहा नपाई वा ज्ञान नै नभई बालविवाह हुने गरेको छ । बालविवाह भूकम्पपछि अझ बढेको छ । यद्यपि परम्परागत शैलीभन्दा वैज्ञानिक पाटोलाई बुझ्ने तथा प्रेम सम्बन्धमा रहेका जोडीहरू मनोपरामर्शका लागि आउने गरेका छन् । प्रेम सम्बन्धमा रहनु एउटा पक्ष हो भने वैवाहिक सम्बन्धमा जानु अर्को महत्वपूर्ण पक्ष हो । विवाह गर्नु भनेको पारिवारिक सम्बन्धमा जानु हो, जहाँ सञ्चार, दायित्व एवं सद्भावजस्ता कुराहरूको महत्वपूर्ण भूमिका हुन्छ भन्ने कुरा बुझ्नु जरुरी छ । त्यसैले पनि विवाहअघि परामर्श आवश्यक छ । 

कस्ता जोडी आउँछन् र उनीहरू के–कस्तो परामर्श चाहन्छन् ?

निकै कम उमेरमै सम्बन्धमा रहेका जोडीहरू पनि आउने गरेका छन् । कम उमेरका जोडीहरूसँग हामी अभिभावकसरह नै प्रस्तुत हुन्छौं तर फरक खालका जोडीहरू पनि आउँछन्, जो वैवाहिक सम्बन्धमा हुँदाहुँदै पनि अर्को सम्बन्धमा पनि हुन्छन् । त्यसैले हामी उनीहरूलाई पहिलो सम्बन्ध तोड्दा हुने फाइदा तथा बेफाइदाका बारेमा जानकारी गराई नयाँ सम्बन्धमा जानु पहिले कानुनी प्रकिृया अघि बढाउन सल्लाह दिन्छौं ।कतिपय जोडीमध्ये विवाह गरिसकेपछि सम्बन्ध बिग्रिएर आउनेहरु हुन्छन् । त्यस्तो अवस्थामा हामीले सहजकर्ताको भूमिका खेली सम्बन्धलाई अघि बढाउन सघाउँछौं ।

विवाहका लागि के–कस्तो परामर्श दिइन्छ ? यसरी परामर्शपछि उनीहरूले विवाहलाई कसरी अघि बढाउन सक्छन् ?

वैवाहिक जीवनमा आउन सक्ने सामान्य कठिनाइहरू तथा त्यसबाट जोगिने उपायका बारेमा बताइन्छ । साथै विवाहको फाइदा र वैवाहिक सम्बन्ध कसरी सफल बनाउने भन्ने जानकारी दिइन्छ । हुन त अभिभावक सबै कुरा हेरेर मात्र आफ्ना सन्तानको विवाह तय गर्छन् तर पनि उनीहरू कतै न कतै चुक्छन् । विवाहमा धोका पाउनु सामान्य भैसकेको छ । भविष्य सुरक्षित राख्न तथा वैवाहिक जीवन सुमधुर एवं दिगो बनाउन प्रि–म्यारिटल काउन्सिलिङ गर्ने चलन छ । यसमा भावी दम्पतीको व्यावहारिक जीवनसँग जोडिएका कुराहरूको जानकारी दिइन्छ । जुन कुरा युवा–युवतीहरू एक–अर्कासँग सोध्न हिच्किचाउँछन् वा अपरिपक्व मानिसहरूसँग जानकारी लिने क्रममा गलत जानकारी प्राप्त गर्छन् । काउन्सिलिङले उनीहरूका लागि सहजकर्ताको भूमिका खेल्छ । जसबाट युवा–युवती एक–अर्काप्रति सम्मानभाव राखेर स्नेहपूर्ण एवं मर्यादित सम्बन्ध बनाएर अघि बढ्न सक्छन् । 

 Image