Successfully Copied

उपत्यकाको धूलो–धूवाँको व्यवस्थापन गर्नुपर्छ : इच्छा कार्की

परिवारका सदस्यहरू काठमाडौंमै भएकाले रमाइलो लाग्छ । अरु देशको तुलनामा काठमाडौं पनि कम रमणीय छैन तर यहाँको वातावरण निकै प्रदूषित छ । त्यसलाई कम गर्न सक्यौं भने अझ राम्रो हुन्छ ।

इच्छा कार्की /सुपर मोडल तथा नायिका

 

तपाईंलाई मन पर्ने सहर कुन हो ?

क्यानाडामा धेरै वर्ष बसियो । त्यसैले क्यानाडा पनि मनपर्छ । त्यस्तै जर्मनीको फ्राङफर्ट तथा अस्ट्रियाको भियना निकै राम्रा लागे । मलाई भियनाका पुराना भवनहरूले मोहित तुल्याए ।

काठमाडौं कस्तो लाग्छ ?

परिवारका सदस्यहरू काठमाडौंमै भएकाले रमाइलो लाग्छ । अरु देशको तुलनामा काठमाडौं पनि कम रमणीय छैन तर यहाँको वातावरण निकै प्रदूषित छ । त्यसलाई कम गर्न सक्यौं भने अझ राम्रो हुन्छ ।

यहाँको अस्तव्यस्तता कम गर्न के गर्नुपर्ला ?

उपत्यकाको धूलो–धूवाँको व्यवस्थापन गर्नुपर्छ । त्यसका लागि प्रदूषण फेल भएका गाडी चल्न दिनु भएन । 

उपत्यकाबाहिरको मनपर्ने सहर कुन हो ?

पोखरा ।

तपाईंको विचारमा सहर कस्तो हुनुपर्छ ?

सफा, सुग्घर, हरेक क्षेत्रमा सहज एवं व्यवस्थित ।

तपाईं कुन–कुन देशका सहर घुम्नुभएको छ ?

क्यानाडाका प्रायः सहर घुमेकी छु । जर्मनी र अस्ट्रियाका पनि केही सुन्दर सहर घुमेकी छु । नेपालमा भने पोखराबाहेक अरू सहर घुम्ने अवसर पाएकी छैन ।

जान मन लागेको ठाउँ ?

स्पेन, हवाई, राजस्थान तथा एन्ट्राटिका जाने सपना छ ।

विदेश र हाम्रो देशका सहरबीच कस्तो भिन्नता पाउनुभयो ?

त्यहाँ हरेक कुरा अर्गनाइज हुन्छ, हरेक कुरा सिस्टममा चलेको हुन्छ । यहाँ त्यस्तो सिस्टम छैन । हामीकहाँ मानिस, गाडी, घोडा, हात्तीदेखि लिएर बाँदरसम्म एउटै बाटोमा हिँड्छन् । यसमा सरकारलाई मात्र दोष दिएर हुँदैन । हामी आफै सचेत हुनुपर्छ । 

पछिल्लो समय पुगेको देश कुन हो ?

पाकिस्तान । 

फुर्सदमा कत्तिको घुम्नुहुन्छ ?

घुम्ने बानी छ, प्रायः घुमिरहन्छु । नेपालमा त्यति घुम्ने अवसर पाएकी छैन । यसपटक भने नेपाल घुम्ने रहर छ ।

सपिङ गर्न कता जानुहुन्छ ?

म प्रायः विदेशमै सपिङ गरिरहेकी हुन्छु । 

 

 Image