‘महिलाले राम्रै काम गरे पनि प्रशंसा कमै हुन्छ’
मुलुकको सात दशकको प्रशासनिक इतिहासमा पहिलो महिला मुख्यसचिव बनेकी लीलादेवीको ‘पोजिसन’ले सरकारी स्कुल पढेर पनि लोक सेवा उत्तीर्ण गरी उच्च पदमा पुग्न सकिन्छ भन्ने उदाहरण दिएको छ ।

झण्डैं १७ वर्षदेखी नेपाली कला क्षेत्रमा सुनिदै आएको नाम हो, निरु खड्का । विशेषगरी हाँस्यकलाकारीता क्षेत्रमा उनको छुट्टै पहिचान थियो । अभिनयमार्फत दर्शकलाई पेट मिची मिची हाँस्न बाध्य पार्ने उनि जब नेपालमा महाभुकम्प गयो त्यसपछि एकाएक हराइन् । कुनैपनि सांस्कृतीक कार्यक्रममा उपस्थित भइनन् । टेलिभिजनबाट प्रशारण भैरहेको टेलिश्रृखंलामा देखिइनन् । साथीभाइहरुसँग भेटघाट पनि गरिनन् । सामाजिक सन्जालहरुवाट समेत आउट भइन् । दर्शकको मायाँ पाउँदा पाउँदै किन उनि गुमनाम भइन ? रामजी ज्ञवालीसँग भएको छोटो भेटमा उनले रहस्य खोलेकी छिन् ।
कलाकारीता क्षेत्रमा व्याक हुनुभएको हो ?
हो, अव अभिनय गर्न सक्छु भन्ने आँट पलाएको छ । मनमा छुट्टै किसिमको उर्जा मिलेको छ ।
भुकम्पपछि एकाएक हराउनुभयो नी ?
म त्यो बेलासम्म मज्जाले काम गरिरहेकी थिए । केहि समस्या थिएन । कला क्षेत्रवाट नाम, दाम कमाएकै थिए । परिवारको मायाँमा केही कमी थिएन । यद्यपी जव भुकम्पले हल्लायो, मेरो जिन्दगी पनि तहशनहस पारिदियो ।
बास्तवमा के भएको हो, खुलेर बोल्न मिल्छ ?
मिल्छ । भुकम्पको झड्काको कारण म लामो समय डिप्रेशनसँग लडिरहेँ ।
कसरी जित्नुभयो डिप्रेशनलाई ?
मैले डिप्रेशनलाई जितेर यहाँसम्म आउनुमा चिकित्सक, नजिकका साथीभाई र मेरो घरपरिवार हो । उहाँहरुकै कारण मलाई उर्जा मिलेको हो ।
कसरी निको हुनुभयो, सम्झन सक्नुहुन्छ ?
सुरुमा त यो समस्या भएको हो भन्ने थाहै पाउन सकिन । पछि चिकित्सकसँग चेकअप गरेपछि थाहा भयो, म डिप्रेशनमा परेकी रहेछु । जव डिप्रेसनले मलाई दुस्ख दिन थाल्यो निकै कहाली लाग्दो जिन्दगी बिताउन वाध्य भए । हरेक पल असाध्यै गाह्रो भो, तर परिवारको हेरचाह र मायाँले निरन्तर चेकअप, औषधि सेवन गरेँ, मेडिटेशन गरेँ । र, विज्ञहरुसँग परामर्श गरेँ । अनि निको भएँ । अहिले त औषधि खान पनि छोडिसकेकी छु ।
डिप्रेसनसँग लड्दै गर्दा कस्तो फिल आउथ्यो ?
जतिबेला पनि नरमाइलो लाग्थ्यो । जिवन के नै हो र ? किन बाच्नुपर्यो ? भन्ने लाग्थ्यो । केहि काममा पनि ध्यान जाँदैनथियो । जतिवेला पनि नकारात्मक चिन्तनले मलाई नराम्रोसँग गाँजेको थियो । विगतमा जति रमाइलो गरिरहेकी थिए, आफ्नो जिन्दगी आफैप्रति भार लागिरहेको थियो । जो–कोहिलाई देखेपनि रिस उठ्थ्यो । केहि काम गर्न मन लाग्दैनथियो ।
अहिले पुर्ण रुपमा निको हुनुभयो ?
अहिले एकदम ठिक भएकी छु । औषधि खान छोडिसकें । विगतमा जतिपनि समस्याहरु थिए, सवै समाधान भएको अनुभव गरेकी छु ।
साच्चीकै अहिले जिन्दगीप्रति कस्तो लाग्छ ?
जिन्दगीको एक–एक पलको धेरै माँया लाग्न थालेको छ । हरेक सेकेण्ड महत्वपुर्ण लाग्न थालेको छ । आफुलाई मायाँ गर्ने र मायाँ लाग्ने मानिसहरुसँग समय बिताउन थालेकी छु । जिन्दगी ब्युटिफुल लाग्न थालेको छ । हरेक पल इन्जोए गरिरहेकी छु । र आजभोली जो कसैलाई पनि यहि भन्न सक्छु, - लाईफ इज ब्युटिफुल ।
काममा पुर्ण रुपमा फर्किनुभएको हो ?
अहिले धमाधम मेरीबास्सैको छायाँकनमा ब्यस्त छु । यो श्रृखलामा म विल्कुलै फरक रुपमा देखिएकी छु । त्यसबाहेक महोत्सवहरुमा पनि प्रफमेन्स गरिरहेकी छु । म्युजिक भिडियोमा अभिनय गर्ने र आफै निर्देशन पनि गरिरहेकी छु । निकै ब्यस्त भएकी छु आजभोली ।
घरमा को को हुनुहुन्छ ?
बुबा, आमा, श्रीमान, छोरा अनि छोरी ।
श्रीमानले के गर्नुहुन्छ ?
उहाँ आफ्नै व्यवसायमा व्यस्त हुनुहुन्छ । म त वाहिरको वाहिरै हुने भएकाले खासै सहयोग पनि गर्न पाएकी छैन ।
श्रीमानले कत्तिको मायाँ गर्नुहुन्छ ?
एकदमै धेरै । कति मायाँ गर्नुहुन्छ, भन्नै सक्दिन ।
श्रीमानको कत्तीको सहयोग छ ?
सुरुमा म कलाकारीतामा लाग्दा चित्त नवुझाउने स्वभाविकै थियो । वुझाउन एकदमै गाह्रो भयो । अहिले त उहाँंको एकदमै सहयोग छ । उहाँ मेरो दर्शक, श्रोता, परामर्शदाता, सहयोगी सवैको भुमिका निर्वाह गर्नुभएको छ । उहाँको श्रीमती हुन पाउँदा लक्की फिल हुन्छ ।
तपाई आफै कलाकारिताप्रति कत्तिको खुसी हुनुहुन्छ ?
एकदमै खुसी छु । मैले जे पाइरहेकी छु, यो सबै कलाकारितावाट नै हो ।
हेर्नुहोस् अन्तर्वार्ताको भिडियो: