‘महिलाले राम्रै काम गरे पनि प्रशंसा कमै हुन्छ’
मुलुकको सात दशकको प्रशासनिक इतिहासमा पहिलो महिला मुख्यसचिव बनेकी लीलादेवीको ‘पोजिसन’ले सरकारी स्कुल पढेर पनि लोक सेवा उत्तीर्ण गरी उच्च पदमा पुग्न सकिन्छ भन्ने उदाहरण दिएको छ ।
हट स्टोन मसाज के हो ?
जाडोयामका लागि बढी उपयोगी यो मसाजमा, हर्बल ओयलले मालिस गरी, हट स्टोनले सेकेर फेरि मालिस गरिन्छ । एकपटकको मालिस पछि शरीरको पछाडीपट्टिको भागमा जोइन्ट–पोइन्ट पत्ता लगाएर त्यही स्थानमा तातो ढुंगा राखी केही समय सेकिसकेपछि त्यसलाई झिकेर पुन मालिस गरिन्छ ।
हटस्टोन मसाजका फाइदा के–कस्ता छन् ?
प्राकृतिक पद्धतिद्वारा गरिने हट स्टोन मसाजले शरीरलाई मात्र नभएर मस्तिष्क र आत्मालाई समेत तरोताजा र स्फुर्त राख्न सहयोग पुर्याउँछ । यसले शरीरको रक्तसंचार बढाउने, तनाव, थकान, अनिद्रा हटाउने, दिमाग र शरीर दुवैलाई चंगा बनाउने काम गर्छ ।
कस्ता व्यक्तिहरूले हट स्टोन मसाज लिनुहुँदैन ?
ज्वरो आएका, छालाको एलर्जी भएका, गर्मी जिउका, भर्खरै अपरेसन गरेका, गर्भवती आदिले यो नगर्दा नै बेस हुन्छ ।
के–कस्ता समस्याका लागि यो उत्तम मसाज हो ?
विशेषत: चिसोले संक्रमण गर्ने शरीर भएका मानिसहरूका लागि फाइदाजनक हुन्छ । त्यसबाहेक दम, बाथ, जोर्नी दुख्ने र करकर खाने समस्या भएकाहरूका लागि यो मसाज अत्यन्तै उपयोगी छ ।
- प्रबन्ध–निर्देशक, अमृता वेलनेस, बडी एन्ड सोल