Successfully Copied

सुव्यवस्थित भान्सा

भान्सा हाम्रो स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । भान्सामै सबैभन्दा बढी समय बिताइन्छ । त्यसैले भान्सा सुरक्षित हुन जरुरी छ । भान्सामा धेरै सामान राख्नुपर्ने हुन्छ । सागसब्जी चाँडै गल्ने वा सड्ने हुन्छ । हाम्रो भान्सा व्यवस्थित पनि हुनुपर्छ ।

भान्सा हाम्रो स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । भान्सामै सबैभन्दा बढी समय बिताइन्छ । त्यसैले भान्सा सुरक्षित हुन जरुरी छ । भान्सामा धेरै सामान राख्नुपर्ने हुन्छ । सागसब्जी चाँडै गल्ने वा सड्ने हुन्छ । हाम्रो भान्सा व्यवस्थित पनि हुनुपर्छ । आफूले खोजेको बेलामा सामान सजिलै भेट्न सकिने र बच्चा मात्र होइन परिवारका ज्येष्ठ नागरिकको समेत पहुँच हुने गरी भान्साकोठाको निर्माण गर्नुपर्छ । 
यसो त हरेकको रोजाइ सुन्दर र व्यवस्थित भान्सा हो । पछिल्लो समय ‘मोडुलर किचन’ को ‘कन्सेप्ट’ लोकप्रिय बनेको छ । यो आधुनिक भान्सा हो । यसले आफ्नो अलग्गै पहिचान बनाएको छ । यसमा काम गर्न पनि निकै सजिलो हुन्छ । यहाँ हरेक सामग्री राख्नका लागि निश्चित ठाउँ तय गरिएको हुन्छ । 

स्टोरेज स्पेस
‘मोडुलर भान्सा’ बनाउनुको फाइदा ‘स्टोरेज स्पेस’ हो । यहाँ धेरै सामान राख्न ठाउँ हुन्छ । भान्सामा काम गर्दा चाहिएको बेला सजिलै भेट्न सकिने ठाउँ बनाइएको हुन्छ । घर्रा (कवर्ड) आफ्नो आवश्यकतानुसार घटाउन वा बढाउन पनि सकिन्छ । प्रायः भान्साको कुना प्रयोगमा आउँदैन । तर,‘मोडुलर’ भान्सामा कुनालाई पनि सामान राख्नका लागि प्रयोग हुने गरी डिजाइन गरिन्छ । 

डिजाइन र रंग
‘मोडुलर’ भान्सा विभिन्न ‘डिजाइन’ मा पाइन्छ । भान्साको ‘स्पेस’ अनुसार ‘डिजाइन’ गर्न सकिन्छ । नत्र भान्सामा काम गर्न सहज हुँदैन । हेर्दा पनि साँघुरो देखिन्छ । रंगको कुरा गर्दा अहिले सेतो र गाढा रंग नै चलेको छ । यसले ‘क्लासिक लुक’ दिन्छ । पहिले रातो, नीलो, पिंक आदि रंग चले पनि अहिले धेरैको रोजाइमा यी कलरफुल रंग पर्दैनन् । 

फिटिङ गर्न सजिलो
अलग–अलग ‘सेक्सन’ लाई जोडेर बनाइने भएकाले यसलाई ‘फिटिङ’ गर्न र ‘रिनोभेट’ गर्न सजिलो हुन्छ । यसमा ‘लेमिनेट’ र ‘सलिड वुड’ को ‘मेटेरियल’ प्रयोग गरिएको हुन्छ । जुन लामो समय टिक्छ र पानीले बिगार्दैन । यो भान्सालाई एक ठाउँबाट अर्को ठाउँमा सजिलै सार्न सकिन्छ । छुट्टाछुट्टै बक्स जोडेर बनाइने भएकाले अर्को ठाउँमा सार्न, थप्न र घटाउन सजिलो हुन्छ । मर्मत–सम्भार गर्न सहज हुनु यो भान्साको मुख्य विशेषता हो । यसको कुनै एक भाग बिग्रिए सजिलै फेर्न सकिन्छ । 

एकता जजोदिया बुधिया
निर्देशक, रुक्मणी ग्रुप


पानासोनिकले भर्खरै लन्च गरेको भान्सा कस्तो खालको हो ?
पानासोनिक लाइफ सोलुसन्सले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको भान्सा बजारमा ल्याएको छ । यो मोडुलर भान्सा हो । पछिल्लो समय बजारमा पानासोनिकका दुई किसिमका भान्सा उपलब्ध छन् । एउटा जापनिज ब्रान्ड ‘एल क्लास (लक्जरी किचन)’ र अर्को ‘आई क्लास’, जुन भारतीय ब्रान्ड हो । यो भान्सा आधुनिक प्रविधिको उत्कृष्ट संयोजन हो । 

‘मोडुलर भान्सा’ नै किन रोज्ने ?
यस प्रकारको भान्सामा काम गर्न सहज हुन्छ । यो सुरक्षित र सुविधायुक्त छ । साथै यसको शैली आकर्षक र गुणस्तरीय छ । आफूलाई चाहिएका सामान खोज्न धेरै समय खर्चनु पर्दैन । यसमा कुन सामग्री कहाँ राख्ने सोहीअनुरूपको ठाउँको व्यवस्थापन गरिएको हुन्छ । साथै भान्साको माथिल्लो भागमा राखेका सामान निकाल्न गाह्रो हुँदैन । यसमा तल तान्न मिल्ने गरी जडान गरिएको हुन्छ । 
यो सफा गर्न एकदमै सजिलो हुन्छ । यसमा गन्ध नियन्त्रण गर्ने क्षमता हुन्छ । यसमा चिम्नीको व्यवस्था गरिएको हुन्छ । यसको ढोका निकै सरल र हल्का हुन्छ, जुन वृद्धदेखि बच्चासम्मको प्रयोगका लागि सहज हुन्छ । 

कति खर्च लाग्छ ?
यसको यति नै खर्च लाग्छ भन्ने हुँदैन । यसको खर्च ‘डिजाइन’ र ‘साइज’ अनुसारको फरक–फरक पर्न जान्छ । यहाँ सामान्यतयाः ‘मोडुलर भान्साको’ मूल्य आठ लाखदेखि सुरु हुन्छ । यसमा ‘डिजाइन’ र ‘फिटिङ’ को मूल्य पनि समावेश छ । ६–६ महिनाको अन्तरालमा हामी ‘होम भिजिट’ पनि गर्छौं ।  साथै कम्पनीले   आठ वर्षसम्मको ‘वारेन्टी’ दिएको छ । 
 

 Image