Successfully Copied

बेडरुमका मनमोहक रंगहरू

बेडरुम घरको महत्वपूर्ण हिस्सा हो । यसको रंग कस्तो हुनुपर्छ भन्ने विषय घर र कोठाको दिशाले निर्धारण गर्छ । किनभने रंगले बेडरुममा सुत्ने व्यक्तिमा प्रभाव पार्छ । त्यसैले रंगको छनोट हतारमा गर्नुहुँदैन । 

बेडरुम घरको महत्वपूर्ण हिस्सा हो । यसको रंग कस्तो हुनुपर्छ भन्ने विषय घर र कोठाको दिशाले निर्धारण गर्छ । किनभने रंगले बेडरुममा सुत्ने व्यक्तिमा प्रभाव पार्छ । त्यसैले रंगको छनोट हतारमा गर्नुहुँदैन । 
ईशान कोणमा प्रायः ‘मास्टर बेडरुम’ बनाइँदैन । वास्तुशास्त्रमा यो कोण बेडरुमका लागि उपयुक्त मानिँदैन । दक्षिण–पश्चिम कोठामा हरियो, गुलाबी रंग र त्यसको सेड रोज्न सकिन्छ । दक्षिण–पूर्वी कोठामा ‘सिल्भर’,‘ग्रे’, सेतो रंग लगाउन सकिन्छ । त्यस्तै, दक्षिणमा गुलाबी रंगका सेडहरू, पूर्वमा सेतो र हल्का रंग, उत्तरतिर नीलो, हरियो र त्यसका सेडहरू र पश्चिममा सेतो, आकाशे नीलो वा नीलोका सेडहरू प्रयोग गर्नुपर्छ । पूर्व र उत्तरकोठामा रातो रंगको प्रयोग राम्रो मानिँदैन । वास्तुशास्त्रअनुसार यी दिशामा फर्केको कोठामा रंग छनोट गर्दा कोठा आकर्षक, उज्यालो र फराकिलो देखिन्छ । 

रंगको उचित संयोजन 
आकर्षक बेडरुमका लागि रंगले विशेष भूमिका खेल्छ । त्यसमा पनि रंगको सही संयोजन हुनु एकदमै जरुरी हुन्छ । हुन त हरेक रंगले अलग–अलग सौन्दर्य र महत्व बोकेका हुन्छन् । बेडरुमको सजावटमा सही रंगको छनोट र संयोजनमा निर्भर रहन्छ । दुई वा तीनवटा रंगको संयोजन मिलाएर बेडरुमको सौन्दर्य बढाउन सकिन्छ । बेडरुमलाई दुई तरिकाले रंग्याउन सकिन्छ । एउटा गाढा रंगको सेडमा हल्का रंगको सेड जस्तै हरियोसँग सेतो, ‘स्मोकी ग्रे’, ‘अफ ह्वाइट’, ‘बेज’ आदि र अर्को गाढा रंगमा त्यही रंगको हल्का सेड जस्तो हरियोसँग हरियोकै एक सेड हल्का लगाएर रंग लगाउन सकिन्छ । 
बेडरुम कस्तो रंगले रंग्याउने भन्ने अन्योल भएका बेला पहिलो रंग सेतो वा हल्का रंग जस्तो, ‘अफ 
ट’, ‘बेज’, ‘ग्रे’ लिनुपर्छ । त्यसपछि आफ्नो व्यक्तित्वका आधारमा अर्को रंगको छनोट गर्न सकिन्छ । नीलो रंग शुद्धता, सरलताको प्रतीक हो । आशा र सकारात्मकताका लागि पहेंलो रंग रोज्न सकिन्छ । प्रायः तनावपूर्ण जीवनशैली छ भने ‘मिन्ट ग्रिन’ वा हरियो लगाउन सकिन्छ । हरियो रंगले ताजा महसुस गराउँछ । यो रंग समृद्धि, सौभाग्यको प्रतीक हो । गुलाबी रंग कोमलता र प्रेमको प्रतीक हो । ‘एलिगेन्ट लुक’ का लागि कालो र सेतो रंगको संयोजन उपयुक्त हुन्छ । त्यसबाहेक कोठालाई फरक र आकर्षक 
लुक दिन यी रंगको संयोजन मिलाउन सकिन्छ । 

कालो र खैरो
बेडरुमको रंगमा केही नयाँपन चाहिए कालो रंग सही हुनसक्छ । कालोले रंग्याउँदा अलग लुक देखिन्छ । पछिल्ला पुस्ताले कालो रंग धेरै रुचाएको पाइन्छ । कालोमा खैरो रंगको सेडले कोठालाई ‘स्टाइलिस’ देखाउँछ । त्यस्तै कालोसँग ‘ग्रे’ रंग पनि सुहाउँछ । 

नीलो र गुलाबी
गुलाबी रंगलाई स्त्रीत्व मानिन्छ । तर मनोविद्हरू प्रेम, दया, खुसी, आन्तरिक शान्तिको प्रतीक मान्छन् । गुलाबी रंगसँग नीलो रंगको संयोजन एकदमै राम्रो देखिन्छ । गुलाबी रंगले प्रेम पैदा गर्छ भने नीलो रंगले शान्ति । यी दुई रंगको संयोजनले बेडरुममा सुत्ने व्यक्तिको रचनात्मक क्षमताको विकास गर्न सघाउँछ ।
 
हरियो र खैरो 
तपाईं प्रकृतिप्रेमी हुनुहुन्छ भने यी रंग उपयुक्त हुन सक्छन् । हरियो र खैरो रंगको संयोजनले बोटबिरुवा भएको महसुस गराउँछ । हरियो रंग बेडरुमका लागि उपयुक्त रंग हो, यसले निद्रा राम्रोसँग आउँछ । यो रंगले मन शान्त बनाउँछ ।

रातो र ‘ग्रे’
रातो रंग प्रेम र शक्तिको प्रतीक हो । यदि बेडरुमलाई रातो रंगले रंग्याउने सोच छ भने यसको हल्का सेडको छनोट गर्नुपर्छ । रातो रंग उत्ताउलो भएकाले यसका विपरीत हल्का रंगको छनोट गर्नुपर्छ । रातोसँग ‘ग्रे’ रंगको संयोजनले कोठाको टोन सन्तुलित राख्नुका साथै कोठा आकर्षक देखाउँछ । ‘ग्रे’ रंग शान्त र ‘एलिगेन्ट’ रंग हो । 

‘मस्टर्ड एल्लो’ र हरियो
हरियो रंग प्रकृतिको प्रतीक हो । साथै समृद्धि, सौभाग्यको प्रतीक हो । ‘मस्टर्ड एल्लो’ त्यसको ठीक विपरीत रंग हो । ‘मस्टर्ड एल्लो’ले न्यानो र विविधताको प्रतिनिधित्व गर्छ । यी दुई रंगको संयोजनले कोठा आकर्षक देखाउँछ । 

गुलाबी र बैजनी
यी दुई रंगको संयोजनले बेडरुमलाई आकर्षक देखाउँछ । हल्का गुलाबी रंगको छनोटले कोठा सुखदायक बनाउन सकिन्छ । कोठालाई रोमान्टिक लुक दिन गुलाबी रंगलाई बेस कलरका रूपमा राखेर सफ्ट फर्निसिङका लागि बैजनी रंगले रंग्याउन सकिन्छ । 

कालो र नीलो
कालो रंग रहस्यमयी र नीलो शान्त । यी दुई रंगको संयोजनले कोठालाई एकदमै आकर्षक देखाउन सकिन्छ । प्रायः पुरुषहरूले रुचाउने यी रंगले कोठामा नयाँपन दिन्छन् ।

ह्वाइट’, ‘बेज’, ‘ग्रे’ लिनुपर्छ । त्यसपछि आफ्नो व्यक्तित्वका आधारमा अर्को रंगको छनोट गर्न सकिन्छ । नीलो रंग शुद्धता, सरलताको प्रतीक हो । आशा र सकारात्मकताका लागि पहेंलो रंग रोज्न सकिन्छ । प्रायः तनावपूर्ण जीवनशैली छ भने ‘मिन्ट ग्रिन’ वा हरियो लगाउन सकिन्छ । हरियो रंगले ताजा महसुस गराउँछ । यो रंग समृद्धि, सौभाग्यको प्रतीक हो । गुलाबी रंग कोमलता र प्रेमको प्रतीक हो । ‘एलिगेन्ट लुक’ का लागि कालो र सेतो रंगको संयोजन उपयुक्त हुन्छ । त्यसबाहेक कोठालाई फरक र आकर्षक लुक दिन यी रंगको संयोजन मिलाउन सकिन्छ । 

कालो र खैरो
बेडरुमको रंगमा केही नयाँपन चाहिए कालो रंग सही हुनसक्छ । कालोले रंग्याउँदा अलग लुक देखिन्छ । पछिल्ला पुस्ताले कालो रंग धेरै रुचाएको पाइन्छ । कालोमा खैरो रंगको सेडले कोठालाई ‘स्टाइलिस’ देखाउँछ । त्यस्तै कालोसँग ‘ग्रे’ रंग पनि सुहाउँछ । 

नीलो र गुलाबी
गुलाबी रंगलाई स्त्रीत्व मानिन्छ । तर मनोविद्हरू प्रेम, दया, खुसी, आन्तरिक शान्तिको प्रतीक मान्छन् । गुलाबी रंगसँग नीलो रंगको संयोजन एकदमै राम्रो देखिन्छ । गुलाबी रंगले प्रेम पैदा गर्छ भने नीलो रंगले शान्ति । यी दुई रंगको संयोजनले बेडरुममा सुत्ने व्यक्तिको रचनात्मक क्षमताको विकास गर्न सघाउँछ । 

हरियो र खैरो 
तपाईं प्रकृतिप्रेमी हुनुहुन्छ भने यी रंग उपयुक्त हुन सक्छन् । हरियो र खैरो रंगको संयोजनले बोटबिरुवा भएको महसुस गराउँछ । हरियो रंग बेडरुमका लागि उपयुक्त रंग हो, यसले निद्रा राम्रोसँग आउँछ । यो रंगले मन शान्त बनाउँछ ।

रातो र ‘ग्रे’
रातो रंग प्रेम र शक्तिको प्रतीक हो । यदि बेडरुमलाई रातो रंगले रंग्याउने सोच छ भने यसको हल्का सेडको छनोट गर्नुपर्छ । रातो रंग उत्ताउलो भएकाले यसका विपरीत हल्का रंगको छनोट गर्नुपर्छ । रातोसँग ‘ग्रे’ रंगको संयोजनले कोठाको टोन सन्तुलित राख्नुका साथै कोठा आकर्षक देखाउँछ । ‘ग्रे’ रंग शान्त र ‘एलिगेन्ट’ रंग हो । 

‘मस्टर्ड एल्लो’ र हरियो
हरियो रंग प्रकृतिको प्रतीक हो । साथै समृद्धि, सौभाग्यको प्रतीक हो । ‘मस्टर्ड एल्लो’ त्यसको ठीक विपरीत रंग हो । ‘मस्टर्ड एल्लो’ले न्यानो र विविधताको प्रतिनिधित्व गर्छ । यी दुई रंगको संयोजनले कोठा आकर्षक देखाउँछ । 

गुलाबी र बैजनी
यी दुई रंगको संयोजनले बेडरुमलाई आकर्षक देखाउँछ । हल्का गुलाबी रंगको छनोटले कोठा सुखदायक बनाउन सकिन्छ । कोठालाई रोमान्टिक लुक दिन गुलाबी रंगलाई बेस कलरका रूपमा राखेर सफ्ट फर्निसिङका लागि बैजनी रंगले रंग्याउन सकिन्छ । 

कालो र नीलो
कालो रंग रहस्यमयी र नीलो शान्त । यी दुई रंगको संयोजनले कोठालाई एकदमै आकर्षक देखाउन सकिन्छ । प्रायः पुरुषहरूले रुचाउने यी रंगले कोठामा नयाँपन दिन्छ ।
 

 Image