Successfully Copied

एड्भोटोरियल : तीन दशकदेखि महिला स्वास्थ्यमा समर्पित मेरी स्टोप्स नेपाल

मेरी स्टोप्स् इन्टरनेशनलको साझेदारी संस्था सुनौलो परिवार नेपालले ३ दशक देखि यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा सफलतापूर्वक काम गर्दै आइरहेको छ ।



मेरी स्टोप्स् इन्टरनेशनलको साझेदारी संस्था सुनौलो परिवार नेपालले ३ दशक देखि यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा सफलतापूर्वक काम गर्दै आइरहेको छ । स्वास्थ्य सेवा प्रदायकको संस्था नामले परिचित भएर यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी महिलाको निर्णय गर्ने अधिकारलाई सम्मान गर्दै प्रजनन स्वास्थ्य सम्बन्धी सुचना र सेवा छनौटको विषयमा जानकारी दिँदै सही निर्णर्यका लागि यसले सहयोग गर्दछ । महिनावारी सुरु भए देखि महिनावारी बन्द हुने बेलासम्म आउन सक्ने बिभिन्न स्वास्थ्य सम्बन्धित समस्याहरुमा केन्द्रित भएर प्रदान गर्ने सम्पूर्ण सेवाहरुले महिलाको प्रजनन् स्वास्थ्यमा सुधार ल्याई उनीहरुको व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनको विकासमा योगदान पुर्याएको छ ।
मेरी स्टोप्स्का १८ वटा जिल्लाहरुमा रहेका २२ वटा क्लिनिकहरु हरेका छन् भने, विभिन्न जिल्लामा रहेका मेरी स्टोप्स् लेडीज र घुम्ती शिविर कार्यक्रमार्फत परिवार नियोजनका अस्थायी साधनहरु (पुरुषले प्रयोग गर्ने कन्डम, महिलाले प्रयोग गर्ने पिल्स चक्की, तीन महिने सूई डिपो प्रोभेरा, पाँच वर्षे इम्प्लान्ट र १० वर्षे आर्ई.यु.सी.डी र स्थायी बन्ध्याकरण, पुरुषका लागी भ्यासेक्टोमी र महिलाका लागि मिनिल्याप), सुरक्षित गर्भपतन, पाठेघरको मुखको सम्भावित क्यान्सरको चेक जाँच तथा रोकथामका लागि भ्याक्सिनको सेवा, यौन रोगको चेक जाँच तथा उपचार सेवा, प्रजनन क्षमतामा कमी भएका महिला र पुरुषहरुका लागि चेक जााच तथा उपचार सेवा, महिनावारी बन्द हुने बेला (मेनोपज) को समयमा देखापर्न सक्ने स्वास्थ्य समस्याको चेक जाँच तथा उपचार सेवाका साथै अन्य प्रजनन स्वास्थ्य सम्बन्धि सेवाहरु प्रदान गर्दै आईरहेको छ । साथै, यौन तथा प्रजनन् स्वास्थ्यमा स्वास्थ्य तथा जनसङख्या मन्त्रालय तथा मेरी स्टोप्स्को सहकार्यमा संचालित मेरी साथी निःशुल्क हेल्पलाईन (११४३) संचालन गरेर नेपालमा यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आइरहेको छ । मेरी स्टोप्स्ले सुनौलो परिवार नेपाल मार्फत नेपालका सरकारी स्वास्थ्य संस्थाहरुलाई सुदृढीकरण गर्ने र त्यहाँका स्वास्थ्य सेवा प्रदायकहरुलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी विभिन्न तालिम प्रदान गर्दै आएको छ ।
सन् २०२३ मा मेरी स्टोप्सले आफ्ना विभिन्न कार्यक्रमहरु मार्फत लाखौको संख्यामा यौन तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्न सफल भएको छ र यो सम्बन्धी सुचना र परामर्शको हकमा लगभग ६०,००० महिला, पुरुष, किशोरकिशोरी तथा युवावर्गलाई मेरी साथी निःशुल्क हेल्पलाईन ११४३ मार्फत सही सुचना प्रदान गरीएको छ ।

युवा र किशोरकिशोरी मैत्री वातावरणमा सेवा दिनका लागि आफ्ना सम्पूर्ण सेवा प्रदान गर्ने च्यानलमा रहेका सेवा प्रदायक र परामर्शकर्ताहरुलाई युवा मैत्री परामर्श र सेवा सम्बन्धी तालिम पनि दिईसकेको छ । यसरी मेरी स्टोप्स्ले संचालन गरेको बिभिन्न प्रजनन स्वास्थ्य कार्यक्रमहरुले लाखौको संख्यामा महिला तथा कशिोरकिशोरीहरुलाई गुणस्तरिय प्रजनन स्वास्थ्य सेवा प्रदान गरेर असुरक्षित गर्भपतनको कारणले हुने मृत्युका साथै दिर्घकालिन रुपमा हुने शारीरिक र मानसिक समस्याहरुलाई कम गरी नेपालको दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि ठूलो भूमिका खेलेको छ ।


सेवाग्राहीको खुशी

म र मेरी छोरी दुवै जनाले पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउने भ्याक्सिन लगाएर ढुक्क भएका छौ ।
– मेरी स्टोप्स सेन्टरबाट सेवा लिएकी एक जना महिलाले खुशी हुँदै भनिन् ।

यो उमेरमा सेवा लिन जाादा सेवा प्रदायकले केहि नराम्रो भन्छन् कि भनेर डराएको बेला भने जस्तै वातावरणमा सेवा पाउँदा धेरै खुशी लाग्यो ।
– लेडीज कार्यक्रमबाट सेवा लिएकी एक किशोरीले मुस्कुराउँदै भनिन ,

 Image