Successfully Copied

बालबालिकामा आँखाको समस्या

बालबालिकाको आँखा धमिलो हुनुलाई दृष्टिदोष भनिन्छ | यो टाढाको वा नजिकको दुवै हुनसक्छ |

डा.संगीता श्रेष्ठ

बाल नेत्र रोग विशेषज्ञ, नेत्राधाम आई केयर सेन्टर प्रा.लि, कुपण्डोल

बालबालिकाको आँखाको विकास जन्मिएदेखि ८-१० बर्ष सम्म निरन्तर भइरहन्छ । यो अवधिमा उनीहरु विभिन्न आँखको समस्याबाट ग्रसित हुन सक्छ्न । आँखाको उपचार समयमा नभए उनीहरुको दृष्टिमा असर पर्नसक्छ । समयमै उपचार गरे बालबालिकाको दृष्टि बचाउन सकिन्छ । बालबालिकाहरुमा देखिने केही समस्या यहाँ उल्लेख छ ।

दृष्टिदोष

बालबालिकाको आँखा धमिलो हुनुलाई दृष्टिदोष भनिन्छ । यो टाढाको वा नजिकको दुवै हुनसक्छ । यसको पहिचान गरी चश्माको प्रयोग नगरे आल्छी आँखा समस्या आउन सक्छ । यसैले बालबालिकाहरुले नजिकै बसेर खुम्चाएर टिभी हेरेमा तत्कालै जाँच गराइ चश्मा लगाउनुपर्छ ।

अल्छी आँखा

कुनै कारणले दृष्टि कमजोर छ (दृष्टिदोष,डेढोपान,मोतिबिन्दु) र समयमै उपचार नभए अल्छी आँखको समस्या निम्त्याउँछ । जब बालबालिकाहरुको दृष्टि कम भएको आँखाको समयमा नै उपचार हुँदैन तबा त्यो आँखको पर्दाले काम गर्न छोड्छ अथवा अल्छी हुन जान्छ, जसले गर्दा दृष्टि सुधार हुँदैन यस्तो अवस्थालाई अल्छी आँखा भनिन्छ । यसको उपचार सानो उमेरमा जती सजिलो हुन्छ उमेर वढ्दै गएपछी उति नै गर्हो हुन्छ । त्यसैले समय-समयमा आँखा जँचाउन जरुरी हुन्छ । समयमै विशेषज्ञको सल्लाह लिनुपर्दछ ।

डेढोपन

डेढोपन भएका बालबालिकामा अल्छी आँखा वा दृष्टिदोष समस्या हुनसक्छ । समयमै उपचार गरे दृष्टि बचाउन सकिन्छ । डेढोपन चश्मा वा आँखा व्यायाम (आर्थोप्टिक पुन: स्थापना) वा Strabismus शंल्य चिकित्साद्वारा उपचार गर्न सकिन्छ ।

सेतोपन देखिने

आँखाको बीचको सानो नानीमा सेतोपन देखिनु पनि ठुलो समस्या हो । यो मोतिबिन्दु वा कहिलेकाहीँ आँखाको क्यान्सरको पहिलो लक्षण हुनसक्छ । यस्तो देखिए तुरुन्त नेत्र रोग विशेषज्ञलाई देखाउनुपर्छ ।

आँखाबाट आँसु बगिरहने  

नवजात शिशुहरुको आँखामा आँसुको नली बन्द हुने समस्या धेरै देखिन्छ । त्यसो हुँदा आँसु बगिरहने वा चिप्रा लाग्ने समस्या हुनसक्छ । यस्तो भएमा आँखका डाक्टरसँग सल्लाह लिनुपर्ने हुन्छ ।

रातो हुने

आँखाको सेतो भाग रातो हुने वा चिप्रा लाग्ने समस्यालाई आँखा पाक्ने रोग भनिन्छ । यो रोग देखिएमा डाक्टरलाई देखाएर औषधि लगाउनुपर्छ । यी त केही साधारण समस्याहरु हुन । बालबालिकालाई अरु केही नभएमा पनि स्कुल पर्ना गर्नुअघि एकपल्ट आँखा जाँच गराउँदा धेरै समस्याबाट बच्न सकिन्छ । त्यसपछि  वर्षको एकपटक आँखा जाच गराइरहनु उपयुक्त हुन्छ ।

 Image