Successfully Copied

छालाको हेरचाह आवश्यक

नियमित क्रिमको प्रयोगले चाउरीपन हटाउनेदेखि छालालाई कोमल बनाउन मद्दत पुग्छ । जाडो लक्षित बजारमा विभिन्न प्रकारका क्रिम उपलब्ध हुन थालेका छन् । तर बजारमा भएका क्रिम लगाउँदा विशेष ख्याल गर्नुपर्छ ।

डा. अपर्णा शाह

छाला रोग विशेषज्ञ, डर्मापर्फेक्ट क्लिनिक

जाडोमा छालाको हेरचाहमा विशेष ध्यान दिनुपर्छ । यो मौसममा कोल्ड क्रिमको आवश्यकता पर्छ । चिसो मौसममा क्रिमको प्रयोगले छालालाई मोस्चराइज राख्न मद्दत गर्छ भने छालालाई नरम पनि राख्छ । नियमित क्रिमको प्रयोगले चाउरीपन हटाउनेदेखि छालालाई कोमल बनाउन मद्दत पुग्छ । जाडो लक्षित बजारमा विभिन्न प्रकारका क्रिम उपलब्ध हुन थालेका छन् । तर बजारमा भएका क्रिम लगाउँदा विशेष ख्याल गर्नुपर्छ । क्रिम प्रयोग गर्दा आफ्नो छाला र उमेरलाई पनि ध्यान दिनुपर्छ । राम्रो देखिन जस्तो पनि क्रिम प्रयोग गर्नु हुँदैन । जानकारीविना नै क्रिम प्रयोग गर्दा छालामा विभिन्न असर देखा पर्न सक्छन् । बढी रसायनयुक्त क्रिमबाट टाढै रहनुपर्छ । जाडो मौसममा नुहाएपछि छालालाई तेलले मालिस गर्नुपर्छ । साथै मोस्चराइजर गर्नु पनि आवश्यक छ । प्रशस्त मात्रामा पानी पिउनुका साथै सागसब्जी खानुपर्छ । छाला स्वस्थ राख्न नियमित रूपमा व्यायामको आवश्यकता पर्छ ।

 Image