Successfully Copied

खानपान

कोरोना महामारीले कुपोषण बढेको छ । यस्तो बेला घर बाहिर गएर काम गर्न नपाइएकाले धेरैलाई छाक टार्न पनि धौ–धौ परेको छ । यसले गर्दा शारीरिक दुर्बलता, कमजोरीका कारण कुपोषणका सिकार बनेका छन् । कम पोषण (अन्डर न्युट्रिसन) लामो समयसम्म हुनु र आफ्नो उमेर

कोरोना महामारीले सबै ठाउँका मानवजातिलाई प्रभावित पारेको छ । अहिले सबैभन्दा बढी समस्या वा जोखिम ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, पाँच वर्षभन्दा तलका बालबालिकालाई असर पारेको छ । यी उमेर समूहकालाई बढी मात्रामा पोषिलो खानेकुराको आवश्यकता पर्छ । यिनीहरूको रोगप्रतिरोधात्मक क्षमतामा कमी भएको हुनाले अझै बढी पोषिलो खानेकुरा चाहिन्छ । सुपोषित व्यक्तिमा रोगसँग लड्ने क्षमता बढी हुन्छ भने कुपोषितमा कम हुन्छ । अझै कुनै रोग लागेको छ भने उसको मृत्युको जोखिम उच्च हुन सक्ने विभिन्न अनुसन्धानले देखाएको छ । अहिले विपन्न, दलित, बिरामी, बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, किशोरीहरू बढी जोखिममा छन् ।   

कुपोषण

कोरोना महामारीले कुपोषण बढेको छ । यस्तो बेला घर बाहिर गएर काम गर्न नपाइएकाले धेरैलाई छाक टार्न पनि धौ–धौ परेको छ । यसले गर्दा शारीरिक दुर्बलता, कमजोरीका कारण कुपोषणका सिकार बनेका छन् । कम पोषण (अन्डर न्युट्रिसन) लामो समयसम्म हुनु र आफ्नो उमेर अनुसार तौल कम भएमा न्यून पोषक तत्त्वको कमी भएको हो । बालबालिकामा उमेर अनुसार कम तौल, ख्याउटे, उचाइ अनुसार तौल कम हुनु, पुड्को हुनु पोषिलो खानेकुराको कमीले गर्दा हो । यसमा उच्च क्यालोरी, प्रोटिन जस्ता पोषक तत्त्वको कमीले विभिन्न रोग पनि लाग्ने गर्छ । पोषिलो खानेकुरामा अन्न, दाल, दूध, दलहन, दही, मोही, अन्डा, भटमास, केराउ पर्छन् ।

बढी पोषक तत्त्व (मोटोपना)

अहिले घरमा बस्दा निष्क्रिय जीवनशैली, शारीरिक व्यायाममा कमीका कारण धेरैको तौल बढेको छ । घरमा रहँदा लामो समय बसी–बसी मोबाइल र ल्यापटप चलाउनु एवं टेलिभिजनको प्रयोगले पनि मोटोपनाको जोखिम उच्च छ । उचाइ अनुसार बढी तौल भएमा ‘बडी मास इन्डेक्स’ बाट मापन गरिन्छ । यसमा तौल किलोग्राममा र उचाइ मिटरमा रूपान्तरित गरी मापन गर्न सकिन्छ । मोटोपना पनि कुपोषण नै हो । विभिन्न नसर्ने रोग जस्तै मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मिर्गाैला, थाइरोइड, क्यान्सरको समस्या हुन सक्छ ।

सूक्ष्म पोषक तत्त्वको कमी

हाम्रो खानामा खनिज र फलाम तत्त्व एवं भिटामिन थोरै चाहिने भए तापनि यसको कमी धेरैमा देखिएको छ । किशोरीहरूमा रक्तअल्पता, आयोडिनको कमीले गलगाँठ भएको पाइन्छ । साथै, शारीरिक, मानसिक, बौद्धिक विकासमा कमी आउने गर्छ । जिङ्क र फोलिक एसिडको कमीले गर्दा गर्भपतन हुने, भिटामिन ‘डी’ ले अस्टियोपोरोसिस, हाड खिइने, भाँचिने, अपाङ्गता हुने, रतन्धो हुने सम्भावना हुन्छ । यसका स्रोतहरूमा दूध, दही, मोही, दाल, क्वाँटी, गेडागुडी, मस्यौरा, हरियो सागपात, तरकारी, फलफूल, तील, आलस, ओखर, बदाम, सोयाबिन, तोफु आदिको प्रयोग गर्नुपर्छ ।

उपयोगी सुझाव

नियमित शारीरिक व्यायाम, स्वस्थ खानेकुरा खाने, सकारात्मक विचार राख्ने, मोबाइलबाट अलि टाढा बस्ने, परिवारमा रमाइलो गर्ने, अर्गानिक तरकारी, फलफूल आदिको प्रयोग गर्ने र सही समयमा सुत्ने–उठ्ने गर्नुपर्छ ।

 Image