Successfully Copied

डा. नविना श्रेष्ठ वैद्य, एमपिटि, निदान हस्पिटल पुल्चोक

हरेक वर्षको सेप्टेम्बर महिनाको ८ तारिखका दिन विश्व फिजियोथेरापी डे मनाइन्छ । यो वर्षको नारा पुनस्र्थापना र कोभिड–१९ रहेको छ । कोरोना भाइरसका कारण अहिले सबै गतिविधि ठप्प भएकाले शारीरिक र मानसिक स्वास्थ्यका इस्यु धेरै बनेका छन् । मानसिक रोगमा तनाव धेरै देखिएको छ । जस्तो स्विङ हुने, राती निद्रा नलाग्ने, तनाव हुने, मन आत्तिने, अब के गर्ने होला, खुल्यो भने पनि अफिस के गरि जाने होला ? व्यापार व्यवसायमा घाटा भयो भन्ने पनि रहेको छ । घर भाडा कसरी तिर्ने भन्ने पीर पनि मानिसमा देखिएको छ । मानसिक तनाव र शारीरिक क्रियाकलाप एक अर्कासँग सम्बन्धित हुन्छन् । शारीरिक व्यायाम गर्दा मानिसको रोगमा सकारात्मक सुधार आएको देखिएको छ । व्यायामले मूड परिवर्तन हुन्छ किनकी इन्ड्रोफिन हर्मोन रिलिज गरिदिएर हेप्पी फिलिङ (खुसी महसुस) गरिदिन्छ । फिजियोथेरापी गर्नुपर्ने अवस्था :

– दैनिक क्रियाकलापमा गर्न गाह्रो भएमा, छातीको समस्या, हातखुट्टा लस गर्ने, पक्षघातको समस्या भएमा पनि फिजियोथेरापी गर्न जानुपर्ने हुन सक्छ ।

– प्यारालाइसिस भइरहेको छ दैनिक क्रियाकलाप गर्न अप्ठ्यारो आवश्यक आधारभूत आवश्यकता (बेसिक रिक्वायरमेन्ट) सिक्नका लागि पनि फिजियोथेरापिस्टकहाँ जानुपर्ने हुन्छ ।

– लामो अशक्तता बिरामी भए त्यस्तो जति सक्दो चाँडो फिजियोथेरापी गर्नु वेश हुन्छ । प्यारालाइसिस भयो यत्तिकै फिजायोथेरापी वा व्यायाम नगरी बसेमा परमानेन्ट डिसएबिलिटी हुन सक्छ । हात खुट्टा टेक्न नसक्ने, नचल्ने, बांगिन सक्छ ।

 – पहिले फिजियोथेरापी सेवा लिइरहेको बीचमा छुट्यो, सहनै नसक्ने गरी दुखाई बेस्सरी छ, कम्मर ढाड दुखेको नशा च्यापिएको भए पनि जानुपर्छ ।

– पक्षघात (स्ट्रोक) भएमा, सुतेर उठ्दा रिंगटा लागेमा (भर्टिगो), उठेर बस्दा, अगाडि हिड्दा चक्कर लाग्ने, लड्ला जस्तो भएमा पनि जानुपर्छ ।

 Image