Successfully Copied

स्तन क्यान्सरबाट बचाउने म्यामोग्राम उपाय  

महिलामा स्तन क्यान्सर भए नभएको पत्ता लगाउन म्यामोग्राम जाँच गराउनुपर्छ । म्यामोग्राम स्तन क्यान्सरको एक्सरे जस्तै जाँच हो । महिलाको उमेर ४५ वर्ष छ भने ४५ वर्षभन्दा बढी ६५ वर्ष उमेर छ भने दुई वर्षमा एकपटक म्यामोग्राम गर्न सकिन्छ ।

डा. अरुण शाही, क्यान्सर रोग विशेषज्ञ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान 

केही समय अघि ५५ वर्षीया मीना शर्मा (नाम परिवर्तन) को दाँया स्तनमा छाम्दा गाँठागुठी देखा पर्‍यो । पछि उपचार गराउँदा उनलाई पहिलो स्टेजको क्यान्सर भएको रहेछ । समयमै पत्ता लागेकाले उपचारपछि उनको क्यान्सर निको भयो । अमेरिकन क्यान्सर सोसाइटीका अनुसार प्रत्येक आठ जना महिलामध्ये एक जनालाई स्तन क्यान्सर हुने संभावना रहन्छ । स्तन क्यान्सर सुरुकै अवस्थामा पहिचान भएमा शत प्रतिशत निर्मूल पार्न सकिन्छ । त्यसैले यसबाट बच्ने र हुन नदिने उपायमा ध्यान पुर्‍याउनुपर्छ । 

महिलामा स्तन क्यान्सर भए नभएको पत्ता लगाउन म्यामोग्राम जाँच गराउनुपर्छ । म्यामोग्राम स्तन क्यान्सरको एक्सरे जस्तै जाँच हो । महिलाको उमेर ४५ वर्ष छ भने ४५ वर्षभन्दा बढी ६५ वर्ष उमेर छ भने दुई वर्षमा एकपटक म्यामोग्राम गर्न सकिन्छ । स्तन क्यान्सरको लक्षण भएका वा नभएकाले पनि पनि म्यामोग्राम गर्न सकिन्छ । 

महिलाको उमेर ४० देखि ४५ वर्षको छ परिवारमा कसैलाई स्तन क्यान्सर भएको छ भने पनि स्तन क्यान्सर हुने संभावना रहन्छ । यसैगरी स्तनमा छाम्दा नयाँ गाँठागुठी भेटिएमा, रगत देखा परेमा वा अन्य लक्षण देखिएमा चिकित्सकको परामर्श लिनुपर्छ । त्यसैले म्यामोग्रामको फाइदा र बेफाइदाको बारेमा बुझेर म्यामोग्राम गर्न सकिन्छ । 

४० वर्षभन्दा कम उमेरका महिलाले म्यामोग्राम भन्दा पनि स्तनको भिडियो एक्सरे (अल्ट्रासाउन्ड) गर्नुपर्छ । यसैगरी ४० वर्षको उमेरभन्दा कम छ परिवारमा दिदीलाई, आमालाई स्तन क्यान्सर भएको छ भने भिडियो एक्सरे गरेर चिकित्सकको सल्लाह अनुसार एमआरआई पनि गर्न सकिन्छ । 

स्तन क्यान्सरबाट बच्ने एकमात्र उपाय सुरुको अवस्थामा पहिचान गर्नु नै हो । सुरुको अवस्थामा पहिचान गर्नका लागि अहिलेसम्मको ‘गोल्ड स्ट्यान्डर्ड’ म्यामोग्राम नै हो । त्यसैले सबैले म्यामोग्राम गर्नु जरुरी छ । म्यामोग्राम समयमै गरेमा स्तन क्यान्सरमुक्त देशको कल्पना गर्न सक्छौ । 

 Image