‘प्राकृतिक र आइभीएफद्वारा जन्मिएका शिशुमा केही फरक हुन्न’
आइभीएफपछि जन्मिएका बच्चामा केही कमजोरी हुन्छन् कि भन्ने आम सोच छ तर त्यस्तो होइन, यो गलत हो । अहिलेका आइभीएफद्वारा जन्मिएका बच्चा अझ स्मार्ट र सक्रिय देखिएका छन् ।

पोषणविद् डा. अरुणा उप्रेती लकडाउनको बेला खानपानमा निकै ध्यान दिन्छिन् । उनले घरमै चनाको टुसा उमारेर राखेकी छन् । हरेक दिन टुसा उमारेको चना सन्तुलित आहारका रूपमा प्रयोग गर्छिन् । दूध हालेको चिया खाँदिनन् । उनले सुन्तला पाइने मौसममा सुन्तलाको बोक्रा सुकाएर राखेकी थिइन् । ‘सुन्तलाको सफा बोक्रा तातो पानीमा राख्छु ।
३ घण्टा जति राखेपछि बाबरीको पत्ता, कागती हाल्छु । त्यो दिनमा २/३ पटक खान्छु,’ उनी भन्छिन् । बिहान उठ्ने बित्तिकै तातो पानी, दूध नहालेको चिया, अलिकति बिरे नुन वा सखर हालेको चिया पनि ३ पटक जति खाने उप्रेती बताउँछिन् । यसरी आफ्नो शरीरको इम्युनिटी पावर बढ्ने उनको दाबी छ ।
यो बेलामा घरमै पाइने पौस्टिक आहारलाई सन्तुलित मात्रामा प्रयोग गर्न उनको सुझाव छ । ‘पछिल्लो समय धेरै मानिसले घरमै खाना बनाएर खान थालेको मैले पाएको छु । अरू बेलामा खाना पकाउने समय हुँदैन थियो ।
त्यो बेलामा पत्रु खाना भन्ने थाहा हुँदाहुँदै पनि दिन्थे,’ डा उप्रेती भन्छिन्, ‘तर, अहिले कोरोना भाइरसको कारण शरीरमा इम्युनिटी पावर बढाउनु पर्दोरै’छ भन्ने कुराले धेरैले घरकै खाने कुरामा जोड दिन थालेको मैले थाहा पाएको छु । खाने कुरा खाएर मात्र हुँदैन । यसले हाम्रो शरीरमा कसरी ग्रहण गर्छ भन्ने कुरा पनि धेरै महत्वपूर्ण छ । खाने कुरा कसरी पचाउने भन्ने पनि एकदमै महत्वपूर्ण छ ।’
पोषणविद् पन्त पनि पत्रु खानालाई प्रयोग नै नगर्न सुझाउँछिन् । ‘यो समय कोरोनासँग जुधेर बच्ने समय हो । यदि, पत्रु खाना प्रयोग गरे हामी कमजोर बन्छौं र जोखिम बढ्छ,’ उनी सुझाउँछिन् ।